विश्‍व मजदुर दिवस, २०१८ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

श्रमिकहरुको हक अधिकार स्थापित भएको दिनको रुपमा प्रत्येक वर्ष मे १ मा  विश्व मजदुर दिवस मनाउने गरिन्छ । मजदुर दिवसको यस अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिँदैजाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्दछु । साथै यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सुनिश्‍चित गरी विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास मलाई लागेको छ । सबै नेपाली श्रमिकहरुले Read More …

उभौली पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

किराँत धर्मावलम्बीहरुको पवित्र एवं महान उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो देश नेपालको मौलिक र विशिष्ट संस्कृतिसहितको समुदाय किराँतको उभौली पर्वले नेपालीहरुबीच आपसी सद्‌भाव, भातृत्व र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु । साथै हामीबीच सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम एकता छ र यो सदा अक्षुण्ण रहने छ भन्‍ने विश्‍वास लिएको छु । आर्थिक समृद्धि, सामाजिक विकास, दिगो शान्ति, सुशासनतर्फ अग्रसर वर्तमान अवस्थामा सबै Read More …

२५६२ औं बुद्धजयन्ती २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपाल आमाका सपुत एवम् अमरज्योति शान्तिका अग्रदूत बुद्धको २५६२ औँ जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरु लगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको शान्ति, अहिंसा, मेलमिलाप र करुणाप्रति विश्वास राख्‍ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शनहरु हामी सबैका लागि प्रेरणादायी रहेका छन् । बुद्धदर्शनलाई आत्मसात् गर्दै अगाडी बढ्न सकेमा मात्र पनि हामी भित्र आन्तरिक शान्ति तथा भातृत्व प्रर्बद्धन हुने साथै आर्थिक समृद्धि, सामाजिक विकास एवम् दिगो शान्ति, सुशासन तर्फ उन्मूख सबैवीच एकता, सहिष्णुता Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको अधिवेशन आह्वान

आज मिति २०७५ साल बैशाख १६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७५ साल बैशाख २३ गते आइतबारका दिन १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७५ साल बैशाख १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ २. राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५ ३. राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ ४. संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतको प्रतिनिधिमण्डलबाट भेट

आज मिति २०७५ साल बैशाख ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतको प्रतिनिधिमण्डलले भेट गर्यो । उक्त भेटमा आर्थिक समृद्धिका विषय एवम् निजी क्षेत्र र सरकारबीच सहकार्यमा हुनसक्ने कार्यहरु र सुशासन सहित लगानी अभिवृद्धि र व्यापार प्रवर्द्धन गर्ने वातावरण बनाउने समेतका सम्बन्धमा छलफल भयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूबाट देशको आर्थिक समृद्धि लगायतका विविध विषयमा निजी क्षेत्रको अहम भूमिका हुने उल्लेख गर्नुहुँदै संस्थागत सुशासन कायम गरी देशमा रोजगारी प्रवर्द्धन, आर्थिक सुशासन, अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल बैशाख २ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई सर्वियाका लागि समेत र थाइल्याण्डका लागि नेपाली राजदूत पदमा कार्यरत श्री खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष साउदी अरेवियाका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि लागि साउदी अरेवियाका राजदूत H.E. Mr. Abdulnaser H. AlHarthi ले विदाई भेट गर्नुभयो । सो अवसरमा साउदी अरेविया र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित साउदी अरेविया तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । (छविन्द्र पराजुली) प्रवक्ता

नववर्ष २०७५ सालको शुभअवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नववर्ष २०७५ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । २०७४ हाम्रो देशको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण वर्ष रह्यो । नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गतका संघीय संसद, प्रदेश सभा र स्थानीय तहका निर्वाचनहरु समावेशी र समानुपातिक सिद्धान्तका आधारमा शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न हुँदा सम्पूर्ण जनता हर्षित भएका छन् । विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेका छन् । यसबाट देशलाई लोकतान्त्रिक विधिबाट समृद्धिको दिशामा अघि बढ्ने ढोकालाई थप सृदृढ तुल्याएको छ। Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल चैत्र २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहका वीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७३/०७४ को महालेखापरीक्षकको ५५ औं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता