जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. Chen Song ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल चैत ८ गते बुधबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व पानी दिवस, २०२३ (मार्च २२) का अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व पानी दिवस, २०२३ (मार्च २२) को शुभकामना सन्देश संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस निरन्तर मनाउँदै आइएको छ । पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पुर्‍याउन प्रेरणा मिलोस् भन्ने विश्व पानी दिवस २०२३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । हामी यस वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी पानी दिवस मनाइरहेका छौ । पानी भनेको समस्त जीवहरूको प्राण रक्षा गर्ने प्रकृतिले दिएको वरदान हो । प्राणी र पृथ्वीको अस्तित्व पानीसँग गाँसिएको छ । बढ्दो शहरीकरण Read More …

संयुक्त राज्य अमेरिकाका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत H.E. Dean R. Thompson ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल चैत ६ गते सोमबार (सागर आचार्य) प्रवक्ता

उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनिर्वाचित सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । २०७९ साल चैत ६ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

उपराष्ट्रपति पदमा निर्वाचित प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनमा माननीय श्री रामसहाय प्रसाद यादवज्यू नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यहोराको प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल चैत ५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल फागुन २९ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

नवनिर्वाचित राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति नवनिर्वाचित सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूसमक्ष राष्ट्रपति भवनमा एक विशेष समारोहकाबीच राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई आजैदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभएको छ । साथै, सोही समारोहमा निवर्तमान राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले विदाई उपहार प्रदान गर्नु भयो ।   २०७९ साल फागुन २९ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

राष्ट्रपति पदमा निर्वाचित प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा माननीय श्री रामचन्द्र पौडेलज्यू नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यहोराको प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल फागुन २६ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा दिनु भएको सन्देश

११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को सन्देश ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना  व्यक्त गर्दछु । अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीहरू संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्दछ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधार: सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ । यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फागुपूर्णिमा (होली) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७९ को शुभकामना सन्देश नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एक–आपसमा अबिर तथा रङ्ग दलेर रमाइलो गर्ने परम्परा रहेको Read More …