मजदुर दिवस २०१७ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

श्रमिकहरुको अधिकार स्थापित भएको दिनका रुपमा प्रत्येक वर्ष मे १ मा  विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यस मजदुर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु । आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविहरुलाई यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास मलाई लागेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख १५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रीलङ्काका लागि  नेपाली राजदूत पदमा गुलरिया नगरपालिका-४, बर्दिया निवासी डा. विश्वम्भर प्याकुर्‍याललाई र ओमानको लागि नेपाली राजदूत पदमा मूलपानी-५, काठमाडौं निवासी श्री शर्मिला पराजुली (ढकाल) लाई नियुक्त गर्नुभएको छ । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

आज मिति २०७४ साल बैशाख १४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७३/१२/९ को निर्णय, मन्त्रिपरिषद्को मिति २०७३/१२/२९ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७३/१२/२९ को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान भएको छ Read More …

सूचनाको हक सम्बन्धी प्रकाशन गरिएको विवरण

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको विवरण सूचना सार्वजनिक गर्ने निकायको नामः राष्ट्रपतिको कार्यालय, शीतलनिवास, महाराजगञ्ज । सूचना सार्वजनिक गरेको अवधिः वि.सं. २०७३ साल माघ १ देखि चैत्र मसान्तसम्म । १. राष्ट्रपतिको कार्यालयको स्वरुप र प्रकृतिः नेपालको संविधानको भाग ६ धारा ६१ बमोजिम नेपालमा राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिको व्यवस्था गरेको र धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय रहने व्यवस्था छ । सम्माननीय राष्ट्रपतिको प्रशासनिक सचिवालयको रुपमा वि.सं. २०६५ साल असार ३० गते स्थापित यस कार्यालयले सम्माननीय राष्ट्रपतिसँग सम्वन्धित विभिन्न कार्यक्रमहरु र समारोहको प्रशासनिक समन्वय, Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको अवलोकन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज भक्तपुर दरवार स्क्वायर र पाटन दरवार स्क्वायर, ललितपुरको अवलोकन भ्रमण गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले भुकम्पबाट क्षतिग्रस्त भएका सम्पदाहरुको हाल सम्म भएका पुननिर्माणको अवस्था बारे जानकारी लिनुभयो । पुनःनिर्माणको क्रममा नेपालको मौलिकता कायम राख्‍न स्थानिय स्रोत, साधन र सीपको प्रयोग गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भयो । उक्त अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण एवम् पुरातत्व विभागका पदाधिकारीहरु समेतको उपस्थिती थियो । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख १० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  तपसिलमा उल्लेख भएका नेपाली राजदूतहरुलाई देहायबमोजिम गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल सि.नं. राजदूतको नाम गैरआवासीय राजदूत नियुक्त गरेको देश १. इजिप्टका लागि कार्यरत राजदूत श्री झविन्द्रप्रसाद अर्याल मोरक्को अधिराज्य र लेबनान २. बेल्जियमका लागि कार्यरत राजदूत श्री लोकबहादुर थापा लक्जेम्बर्ग ३. पाकिस्तानका लागि कार्यरत राजदूत श्री सेवा लम्साल अधिकारी इस्लामिक गणतन्त्र इरान ४. दक्षिण अफ्रिकाका लागि कार्यरत राजदूत श्री अमृतबहादुर राई गणतन्त्र जिम्बाबे ५. ब्राजिलका लागि कार्यरत राजदूत श्री ताराप्रसाद पोखरेल Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट जापानका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख १० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ललितपुर महानगरपालिका (साविक ललितपुर उपमहानगरपालिका -४), ललितपुर निवासी श्री प्रतिभा राणालाई जापानका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७४ साल बैशाख १० गते आइतबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विधेयक नं. विवरण १. १ बैंक तथा वित्तीय संस्था सम्वन्धि विधेयक, २०७३ २. २ सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक, २०७३   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू मित्रराष्ट्र भारतको राजकीय भ्रमण पूरा गर्नुभई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र गणतन्त्र भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा मिति २०७४ साल बैशाख ४ गते देखि मिति २०७४ साल बैशाख ८ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण पूरा गर्नुभई आज स्वदेश फर्कनु भएको छ । (प्रल्हादप्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल बैशाख ३ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कतारका लागि नेपाली राजदूत पदमा का.म.पा. – १०, काठमाडौं निवासी श्री रमेशप्रसाद कोइरालालाई र इजरायलका लागि नेपाली राजदूत पदमा का.म.पा. – १२, काठमाडौं निवासी श्री निरन्जनकुमार थापालाई नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) उपसचिव