राष्ट्रिय सभाको अधिवेशन आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/७ को सिफारिसमा सम्वत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मन्त्रिपरिषद्‌मा मिति २०७८/२/२१ र मिति २०७८/२/१७ मा भएको नियुक्ति, हेरफेर र कार्य विभाजन हुँदा समावेश हुनु भएका दुई जना उपप्रधानमन्त्री, पन्ध्र जना मन्त्री तथा तीन जना राज्यमन्त्रीको नियुक्तिको सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनमा  सर्वोच्च अदालतबाट मिति २०७८/२/२१ र मिति २०७८/२/२७ को मन्त्रिपरिषद् बिस्तारमा परेका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नु गर्न नदिनु नदिलाउनु भनी अन्तरिम आदेश जारी भएको हुँदा उहाँहरूले सम्हाली आउनु भएको मन्त्रालयहरूको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८/३/१० को सिफारिसमा देहायबमोजिम सम्हाल्ने गरी तोक्नु भएको छः- क्र.सं. Read More …

न्याय परिषद् सदस्य पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा खनियापानी-९, रामेछाप निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी (प्र.प.नं. १००) लाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा तपसिल बमोजिमका महानुभावहरूलाई तपसिल बमोजिमको पदमा नियुक्त गर्नुभएको छ । क्र.सं. कानूनी व्यवस्था नाम थर नियुक्त गरिएको पद नियुक्त गरिएको निकाय १. संविधानको धारा २३८ को उपधारा (२) डा. हरि पौडेल, बाग्लुङ आयुक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग २. डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू), ललितपुर आयुक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग ३. संविधानको धारा २४२को उपधारा (२) श्री माधब प्रसाद रेग्मी, झापा अध्यक्ष लोक सेवा आयोग ४. श्री माधव वेल्बासे, कपिलवस्तु सदस्य लोक सेवा आयोग ५. श्री बीर बहादुर राई, इलाम सदस्य लोक सेवा आयोग ६. श्री दिनेश सिलवाल, ललितपुर सदस्य लोक सेवा आयोग ७. Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७८ साल असार ७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को शुभकामना सन्देश अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति‚ समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित रहेको योगले विश्वव्यापी सम्मान प्राप्त गरेको छ । यस वर्ष हामी “मानव सुस्वास्थ्यको लागि योग” भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेका छौं । योग एक शारीरिक‚ मानसिक एवं आध्यात्मिक अभ्यास हो । यो निश्‍चित नियम, विधि Read More …

सम्मानीय राष्ट्रपतिज्यूसमक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रीद्वारा कोभिड –१९ महामारी विरुद्ध नेपाल सरकारले लिएको प्रतिकार्य रणनीतिबारे जानकारी प्रस्तुत

६ असार¸काठमाडौँ । सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ महामारीको पछिल्लो अवस्था¸यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लागु गरेका रणनीति तथा मन्त्रालयसँग सम्बद्ध विविध विषयहरूका बारेमा जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शेरबहादुर तामाङको नेतृत्वमा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले आज राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सो जानकारी गराउनु भएको हो । मन्त्रालयको तर्फबाट विस्तृत जानकारी प्राप्त भएपछि सम्माननीय राष्ट्रपतिज्यूले स्वास्थ्यसम्बन्धी हकलाई नेपालको संविधानले नागरिकको मौलिक अधिकारका रूपमा उल्लेख गरेको बताउदै नागरिकको जीवन रक्षा नै यस बखत सबैको प्राथमिकता भएकोमा विशेष जोड दिनुभयो Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्यबारे चासो व्यक्त

४ असार‚ काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मनसुनको शुरुवातसँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे गृह मन्त्रालय‚ राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिनुभएको छ । माननीय गृहमन्त्री श्री खगराज अधिकारी‚ गृह सचिव श्री महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्री अनिल पोखरेलले सम्मानीय राष्ट्रपतिज्यू समक्ष मनसुनजन्य विपद्का कारण भएको भौतिक तथा मानवीय क्षति‚ प्रभावितहरूको खोजी तथा उद्धार एवं सरकारद्वारा सञ्चालन गरिएका राहत एवं पुनर्स्थापनाका कामहरूको बारेमा जानकारी गराउनु भएको थियो । राष्ट्रपतिज्यू समक्ष प्राकृतिक Read More …

वातावरणीय सेवा निरन्तरता र जलवायु परिवर्तन अनुकूलनका लागि चुरे संरक्षणको अपरिहार्यता

सन्दर्भ: चुरे संरक्षण दिवस¸ २०७८ करोडौँ वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाडहरूको श्रृङ्खला नै चुरे हो । तराईको समतल भू–भाग सकिएर माथि उठेको होचो पहाडी भू–भाग तथा मध्य–पहाडी क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे वा शिवालिक पर्वत रहेको छ । पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म ३७ वटा जिल्लाहरूमा फैलिएको चुरे क्षेत्रले नेपालको कुल भू–भागको १२.७८ प्रतिशत क्षेत्रफल ओगटेको छ । चुरे क्षेत्रको भू–भाग सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र हाम्रो देशका प्राय: सबैजसो नदीहरू यही क्षेत्र भई तराईतर्फ बग्ने हुँदा चुरे पहाडको श्रृङ्खला प्राकृतिक रूपले अत्यन्त संवेदनशील रहेको छ । Read More …

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1.               श्री खगराज अधिकारी मन्त्री गृह 2.               श्री राजकिशोर यादव मन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति 3.               श्री नैनकला थापा मन्त्री सञ्चार तथा सूचना प्रविधि 4. श्री ज्वालाकुमारी साह मन्त्री कृषि तथा पशुपन्छी विकास 5.               श्री नारद मुनि राना मन्त्री वन तथा वातावरण 6. श्री गणेशकुमार पहाडी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन 7. श्री मोहन बानिया मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय   साथै, आजै Read More …