सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

 गौरा पर्व, २०७८ को शुभकामना सन्देश गौरा पर्व २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख‚ शान्ति र समृद्धिको  हार्दिक शुभकामना व्यक्त गर्दछु । भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदुरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वको अवसरमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा-अर्चना गर्दै पाँच प्रकारको अन्नको मिश्रणबाट बनेको “बिरूडा” लाई प्रसादको रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन रहेको छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले  सुख, शान्ति प्राप्त हुने, ईष्ट र कुल देवता प्रशन्न हुने जनविश्वास रहेको छ । यस प्रकारका लोक परम्परा तथा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्रीकृष्ण जन्माष्टमी पर्व, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७८ को शुभकामना सन्देश भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक  यो पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आवद्ध गरी Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जलवायु परिवर्तनको जोखिम घटाउन नविकरणीय ऊर्जामा जोड

भदौ ११ गते‚ काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा चिन्ताजनक प्रभाव परेको उल्लेख गर्दै प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानु पर्नेमा जोड दिनुभएको छ । जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजना भएको कार्यक्रममा राष्ट्रपतिज्यूले नेपाल आफैं जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभएतापनि यसबाट उत्पन्न गम्भीर प्रभाव भोग्ने राष्ट्रहरूको माथिल्लो सूचीमा रहनु चिन्ताको विषय भएको स्पष्ट पार्नुभएको हो  । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषको तर्फबाट कोषले गर्दै आएका वन्यजन्तु संरक्षणसम्बन्धी नियमित गतिविधि तथा विश्वव्यापी जलवायु परिवर्तनको अवस्थाबारे अन्तरसरकारी समिति Read More …

नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १३५३ बलाधिकृत रथी श्री प्रभुराम शर्माज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०७८/५/२४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको छ । २०७८ साल भाद्र  ११ गते शुक्रबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूद्वारा श्रावणीकर्ममा स्थापना गरिएको  राजकलशको अभिषेक ग्रहण

भाद्र ६ गते‚ काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रपति भवन‚ महाराजगञ्जमा आज काठमाडौँ उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको  राजकलशको अभिषेक ग्रहण गर्नुभयो । श्रावण पूर्णिमाका दिन उपाकर्म गुठीका गुठियारहरूद्वारा शोभाभगवतीको विष्णुमती तथा भद्रमतीको दोभानमा विधिपूर्वक श्रावणी स्नान गरी नव यज्ञोपवित धारण गर्दछन् । त्यसपछि अरुन्धती सहित सप्तर्षिको पूजाका साथै राजकलश स्थापना गरी श्रावणी यज्ञ गरिने परम्परा रहेको छ । देवतर्पण‚ ऋषितर्पण र पितृतर्पणका साथै विधिपूर्वक दिवंगत पितृगणहरूमा फलपिण्ड दान गरी श्राद्ध गरिनुका साथै सप्तर्षिको प्रसादस्वरूप कुलका थकालीका हातबाट रक्षाबन्धन (डोरो) बाँध्ने गरिन्छ । यसरी श्रावणीकर्म सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलश राष्ट्राध्यक्षलाई अभिषेक तथा Read More …

बागमती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम श्री यादवचन्द्र शर्माज्यूले बागमती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । २०७८ भदौ ४ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता

महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७६/०७७ को महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । २०७८ भदौ ४ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता

बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, संखुवासभालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । २०७८ भदौ ४ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता  

बागमती प्रदेशका प्रदेश प्रमुख पदबाट पदमुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख श्री बिष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ । २०७८ भदौ ४ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता

अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ २०७८ भदौ २ गते, बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता