सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तमु ल्होसार पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तमु ल्होसार पर्व, २०७९ को शुभकामना सन्देश गुरुङ समुदायको महान् चाड तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ‚ कास्की, पर्वत लगायतका जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ । तमु ल्होसारको दिन गुरुङ समुदायका महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुषहरू टोपी, भोटोमाथि भाङ्ग्रो‚ कछाड अनि पटुकी बाँधेर सजिन्छन् Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा र अष्ट्रिया, संयुक्त राष्ट्रसङ्‌घ कार्यालय भियानका लागि नेपालको आवासीय राजदूत श्री भरत कुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल पुस १३ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

महान्यायाधिवक्ता पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्यूठान जिल्ला निवासी अधिवक्ता डा. दिनमणी पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल पुस १३ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख, कर्णाली प्रदेशका माननीय मन्त्रीहरू, माननीय संघीय सांसदहरू, माननीय कर्णाली प्रदेशका सांसदहरू, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति, विश्वविद्यालय सभाका सभासद्हरू, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू भद्र महिला तथा सञ्जन वृन्द । कर्णाली प्रदेशको शैक्षिक एवं प्राज्ञिक केन्द्रका रूपमा परिचित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रिय  प्रशासनिक भवनको उद्‍घाटन समारोहमा सहभागी भई तपाईंहरूसँग साक्षात्कार गर्ने अवसर पाउँदा अत्यन्त खुसी लागेको छ । मलाई निमन्त्रणा गरी यो अवसर प्रदान गर्नुभएकोमा विश्वविद्यालय परिवारप्रति –हार्दिक धन्यवाद प्रकट गर्दछु । विश्वविद्यालयका उपकुलपतिद्वारा भरखरै प्रस्तुत समसामयिक वस्तुस्थिति एवम् विश्वविद्यालयको नीति तथा कार्यक्रमबाट म अत्यन्त प्रभावित भएको छु । यहाँले प्रस्तुत गर्नुभएअनुसार दक्षता, व्यावसायिकता, इमान्दारिता, भ्रष्टाचार विरुद्धको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा गर्नुभएको सम्बोधन

कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, पेशागत संघसंगठनका प्रतिनिधिहरू सञ्चारसम्वद्ध संघसंस्थाका प्रतिनिधिहरू सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जन वृन्द । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्‍घाटन समारोहमा उपस्थित भई देशभरिका पत्रकार प्रतिनिधिहरूसँग साक्षात्कार गर्ने अवसर प्राप्त भएकोमा मलाई खुसी लागेको छ । म यस महासंघको साधारणसभाको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु । देशका विभिन्न भागबाट यहाँ जम्मा हुनुभएका तपाईं सबै पत्रकारहररूले आफूले भोगिरहेका पेशागत कठिनाइहरूमाथि विभिन्न आयाममा घनिभूत छलफल गर्नुहुनेछ र त्यसलाई सम्बोधन गर्ने उपाय पनि पहिल्याउनु हुनेछ भन्ने मेरो विश्वास छ । Read More …

संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/९/११ को सिफारिसमा सम्वत् २०७९ साल पुस २५ गते सोमबार दिनको १३:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०७९ साल पुस १२ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

महान्यायाधिवक्ताको राजीना

विज्ञप्ति नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) मा महान्यायाधिवक्ताले प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष लिखित राजिनामा दिएमा महान्यायाधिवक्ताको पद रिक्त हुनेछ भन्ने व्यवस्था भए बमोजिम सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीले  मिति २०७९/९/११ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । २०७९ साल पुस १२ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता    

मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिँचाई; कानुन, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपंक्षी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण;  शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्‍चार तथा सूचना प्रविधि; सहरी विकास र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ को शुभकामना सन्देश दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९  को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वि.सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘हामी सबैको सरोकार: ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी हामी यो दिवस मनाउन गइरहेका छौँ । अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण Read More …

नेपालको प्रधानमन्त्री पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ । २०७९ साल पुस १० गते आइतबार । (सागर आचार्य) प्रवक्ता