फागु पूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीहरुले खुसी र हर्षोल्लासपूर्वक रंगहरुमा रमाएर यस पर्वमनाउने गर्दछन् । यस पर्वले सबै नेपालीबीच सामाजिक सद्‌भाव एवम् राष्ट्रिय एकता कायम राख्‍न मद्दत पुर्‍याउँदै आएको छ । अन्तमा, यस महान पर्वले सबै नेपालीमा खुशीका रंगहरु छर्दै नयाँ उमंग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता, सद्‌भाव र सहिष्णुतालाई अक्षुण्ण राख्‍ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद ! Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल फागुन १५ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. जर्जिया H.E. Mr. Archil Dzuliashvili गैरआवासीय 2. रोमानिया H.E. Mr. Radu Octavian Dobre गैरआवासीय 3. पोल्याण्ड H.E. Mr. Adam Wojciech Burakowski गैरआवासीय   (हरिप्रसाद दवाडी) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति तथा कार्यविभाजन

आज मिति २०७४ साल फागुन १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिषरिषद्‌मा देहाय बमोजिमको नियुक्ति गरी कार्य विभाजन समेत गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  1. श्री ईश्वर पोखरेल मन्त्री रक्षा  2. श्री रामबहादुर थापा मन्त्री गृह  3. श्री मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति 4. डा. युवराज खतिवडा मन्त्री अर्थ   साथै, आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको महान्यायाधिवक्ता पदमा नियुक्ति

आज मिति २०७४ साल फागुन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा  नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह-३, झापा निवासी वरिष्ठ अधिवक्ता श्री अग्नि प्रसाद खरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ । (कुलप्रसाद चुडाल) प्रवक्ता

महान्यायाधिवक्ताको राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारीले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७४/११/३ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । साथै, उहाँले  महान्यायाधिवक्ताको हैसियतले सम्पादन गर्नुभएको कार्यप्रति  सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ । (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत

आज मिति २०७४ साल फागुन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ । क्र.सं. नामथर ठेगाना १. डा. युवराज खतिवडा झापा २. श्री रामनारायण विडारी मकवानपुर ३. डा. विमला पौड्याल मोरङ (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको अधिवेशन आह्वान

आज मिति २०७४ साल फागुन ७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७४ साल फागुन २१ गते सोमबारका दिन १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ । (कुलप्रसाद चुडाल) प्रवक्ता

प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७४ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । २००७ साल फाल्गुण ७ गतेका दिन  निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउने गरेका छौं । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा 2007 साल, २०४६ साल र २०६२-६३ सालमा सफल आन्दोलनहरु भए । ती सबै आन्दोलनका प्रतिबिम्बित जनइच्छा अनुसार नै आज हामी गर्वका साथ Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद् गठन तथा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  1. श्री के.पी. शर्मा ओली प्रधानमन्त्री अर्थ; आपूर्ति; उद्योग; ऊर्जा; कानुन, न्याय तथा संसदीय मामिला; कृषि विकास; खानेपानी तथा सरसफाइ; गृह;  परराष्ट्र; पशुपंक्षी विकास; भूमिसुधार तथा व्यवस्था; भौतिक पूर्वाधार तथा यातायात; युवा तथा खेलकुद; रक्षा; वन तथा भू-संरक्षण; वाणिज्य; विज्ञान तथा प्रविधि; शान्ति तथा पुनर्निर्माण; शिक्षा; श्रम तथा रोजगार;  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्‌घीय मामिला तथा स्थानीय विकास; सहकारी तथा Read More …

ग्याल्बो ल्होसार पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरन्जन र खुशी साटासाट गरी मनाउने गर्दछन् । विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको शेर्पा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वर्द्धनबाट विश्‍व सामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्‍न सकिने भएकोले यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ । अन्तमा, सिंगो नेपाली संस्कृति भित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको Read More …