फागु पूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीहरुले खुसी र हर्षोल्लासपूर्वक रंगहरुमा रमाएर यस पर्वमनाउने गर्दछन् । यस पर्वले सबै नेपालीबीच सामाजिक सद्‌भाव एवम् राष्ट्रिय एकता कायम राख्‍न मद्दत पुर्‍याउँदै आएको छ ।

अन्तमा, यस महान पर्वले सबै नेपालीमा खुशीका रंगहरु छर्दै नयाँ उमंग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता, सद्‌भाव र सहिष्णुतालाई अक्षुण्ण राख्‍ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

फागु पूर्णिमा,

२०७४ फागुन १७ गते बिहीबार ।