संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । २०८० साल भदौ १४ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता    

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि श्री लोक बहादुर थापाले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री श्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । २०८० साल भदौ १३ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

सार्कका महासचिवबाट शिष्टाचार विदाई भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष सार्कका महासचिव H.E. Esala Ruwan Weerakoon ले शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको कुरा बताउनुभयो। २०८० साल भदौ १३ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री सुधिर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, श्री तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र श्री घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल भदौ ११ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

जापानको संसदको माथिल्लो सदनका माननीय सदस्यहरूबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष जापानको संसदको माथिल्लो सदनका माननीय सदस्यहरू साथै नेपाल-जापान संसदीय मैत्री समूहका सदस्यहरूसमेत रहनु भएका माननीय H.E. Mr. KOBAYASHI Kazuhiro र H.E. Mr. NAGAI Manbu बाट शिष्टाचार भेट भयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र जापान बीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८० साल भदौ ७ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गौरा पर्व, २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश

गौरा पर्व, २०८० को शुभकामना सन्देश गौरा पर्व, २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निभाएको छ । शक्ति र प्रकृतिको रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको “बिरुँडा” लाई अर्पण गरेपछि प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको छ । यस पर्वमा शिव र पार्वतीको आराधना सहित व्रत बस्ने गरिन्छ, जसको फलस्वरूप Read More …

नेपालका लागि संयुक्त राष्ट्रसंघका Resident Coordinator बाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि संयुक्त राष्ट्रसंघका Resident Coordinator Ms. Hanna Singer-Hamdy ले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको विकास र संमृद्धि एवम् दीगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसंघले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। २०८० साल भदौ ६ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। २०८० साल भदौ ५ गते मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडलज्यूले सर्वदलीय बैठकमा गर्नुभएको सम्बोधन

सम्माननीय प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्ष दलका नेताज्यू विभिन्न राजनीति दलका प्रमुख एंव प्रतिनिधिज्यू सर्वप्रथम म यस राष्ट्रपति भवन शीतल निवासमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। राष्ट्रपतिमा निर्वाचित भएपछि तपाईँहरूसँग भेट्ने चाहना भएपनि विभिन्न कारणले ढिलो भयो। तथापि आज यो समय जुरेको छ । समय र सहभागिताका लागि यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ। संविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु। यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो। विभिन्न Read More …

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भेटघाट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आज राष्ट्रपति भवनमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्नुभयो। सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्रीज्यूहरू, पूर्व प्रधानमन्त्रीज्यूहरू लगायत विभिन्न राजनीतिक दलका अध्यक्षज्यूहरू एवं वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो। २०८० साल भदौ ५ गते मङ्गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता