राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि श्री लोक बहादुर थापाले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री श्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

२०८० साल भदौ १३ गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता