गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७८ साल वैशाख १७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम जर्मनीका लागि नेपालको आवासीय राजदूत श्री रामकाजी खड्कालाई होली सी तथा सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २६२०औँ महावीर जयन्तीको अवसरमा दिनुभएको सन्देश

जैन धर्मका प्रवर्तक महावीरको २६२०औँ जन्मजयन्तीका अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख‚ शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । अहिंसा, त्याग एवं तपस्याको सन्देश दिनुहुने जैन धर्मका संस्थापक एवं धार्मिक गुरु वर्द्धमान महावीरको जन्म ५९९ ईसा पूर्वमा भएको थियो । प्रत्येक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाल लगायत विश्वभरि छरिएर रहेका जैन धर्मावलम्बीले भव्य रूपमा महावीर जयन्ती मनाउने गर्छन् । नेपालमा वैदिक, बौद्ध, जैन, शिख लगायत ओमकार परिवारका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग – अहिंसा‚ सत्य‚ अचौर्य (चोरी नगर्ने)‚ ब्रह्मचर्य Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छैठौँ भूकम्प स्मृति दिवसका सन्दर्भमा दिनुभएको सन्देश

वि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दाजुभाइ तथा दिदीबहिनीहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । विनाशकारी भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऎतिहासिक धरहरालाई भत्काएको भएता पनि हाम्रो राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न सकेन । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण गर्ने र प्रभावितहरूको पुनःस्थापनाका कार्यहरूलाई लगभग अन्तिम चरणमा पुर्‍याएको छ । हालसम्म लाखौँको संख्यामा निजी आवास तथा हजारौँको संख्यामा विद्यालयहरूको पुनर्निर्माण भैसकेको छ भने केही निर्माणाधीन रहेका छन् । भूकम्पबाट क्षतिग्रस्त भएका Read More …

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहायका मुख्य न्यायाधीशज्यूहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ । क्र.सं. नाम, थर र वतन हाल कार्यरत पद र अदालत नियुक्ति गरिएको पद र अदालत १ डा. कुमार चुडाल, झापा मुख्य न्यायाधीश, उच्च अदालत पाटन न्यायाधीश, सर्वोच्च अदालत २ श्री नहकुल सुवेदी, म्याग्दी मुख्य न्यायाधीश, उच्च अदालत सुर्खेत न्यायाधीश, सर्वोच्च अदालत (रूपनारायण भट्टराई) प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त माननीय मन्त्री श्री रामबहादुर थापाज्यूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

मन्त्रीपदमा नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री रामबहादुर थापालाई मन्त्रीपदमा नियुक्ति गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७८ साल वैशाख ३ गते, शुक्रबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. जापान H.E. Mr. Kikuta Yutaka आवासीय २. डेनमार्क H.E. Mr. Freddy Svane गैरआवासीय ३. ग्रीस H.E. Mr. Dionyssios Kyvetos गैरआवासीय ४. बुल्गेरिया H.E. Mrs. Elonora Dimitrova गैरआवासीय (रूपनारायण भट्टराई) प्रवक्ता जापान डेनमार्क ग्रीस बुल्गेरिया  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति, विभिन्न प्रतिष्ठानका कुलपतिहरू तथा अन्य पदाधिकारीहरु, राष्ट्रसेवकहरू, भद्र महिला तथा सज्जनवृन्द ! नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गरेकोमा मलाई खुसी लागेको छ । देशभरिका विभिन्न विधाका प्रतिभावान कलाकारहरूले सृजना गरेका कलालाई राष्ट्रिय मञ्चमार्फत प्रदर्शन गरी थप उत्कृष्ट कला सृजनाका लागि प्रेरित गर्ने यस प्रतिष्ठानको कार्यको प्रशंसा गर्न चाहन्छु । कुनै पनि मुलुकको कलाको स्तरबाट त्यहाँको सभ्यताको विकास मापन हुन्छ । जीवनको अनुभव, समाज र प्रकृतिको संयोगबाट कलाको सृजना हुन्छ । त्यसैले कला सृजनामा जीवन र जीवनका रङ्गहरू हुन्छन् । प्राचीनकालदेखि नै जीवन र जगतलाई बुझ्न र Read More …

मानपदवीबाट विभिन्‍न महानुभावहरूलाई विभूषित

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम २०७७ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा घोषित विभूषणहरू मध्ये विभिन्‍न मानपदवीबाट आज मिति २०७८ साल बैशाख १ गते बुधबारका दिन राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच विभिन्‍न महानुभावहरूलाई विभूषित गर्नु भएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नयाँ वर्ष २०७८ सालको अवसरमा दिनुभएको शुभकामना सन्देश

नयाँ वर्ष २०७८ सालको शुभकामना सन्देश नयाँ वर्ष २०७८ सालको सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।  नयाँ वर्षलाई  विगतको समीक्षा गर्ने तथा आगतको आकांक्षा मुखरित गर्ने अवसरका रुपमा हामीले स्वागत गर्दै आएका छौं । २०७७ साललाई राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धीपूर्ण वर्षको रूपमा लिन सकिन्छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा सहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूको बिचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूहहरू सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा Read More …