सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “नेपाल सम्वत्, ११४०” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “नेपाल सम्वत् ११४०” को शुभकामना सन्देश नेपाल सम्वत् ११४० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको मौलिक सम्वत्‌को रूपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्‌भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु । नेपाल सम्वत्‌को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभेच्छा व्यक्त गर्दछु । धन्यवाद ! २०७६ साल कार्तिक १२ गते, मंगलबार ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तिहार पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “तिहार पर्व, २०७६” को शुभकामना सन्देश तिहार पर्व, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यमपञ्चकको पाँच दिनसम्म मनार्इने यस पर्वमा पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ। तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ । यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी-भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, Read More …

विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल कार्तिक ८ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  (हरि प्रसाद दहाल) प्रवक्ता   प्रवक्ता

कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यू असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १८औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्वत् २०७६ साल कात्तिक ७ गते बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।    (हरि प्रसाद दहाल)   प्रवक्ता २०७६ साल कात्तिक ७ गते बिहीबार                         

सम्माननीय राष्ट्रपतिज्यू म्यानमार र जापानको भ्रमण सम्पन्न गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  मित्रराष्ट्र म्यानमारका महामहिम राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा २०७६ साल असोज २९ गते बुधबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र म्यानमारतर्फ प्रस्थान गर्नु भई सो भ्रमण पूरा गरी जापानी सम्राट नोरुहितोको राज्याभिषेक तथा गद्दी आरोहण विशेष समारोहमा सहभागी हुनुभई आज मिति २०७६ साल कात्तिक ६ गते बुधबार स्वदेश फर्कनु भयो ।  (हरि प्रसाद दहाल)  प्रवक्ता २०७६ साल कात्तिक ६ गते बुधबार                           

कार्यभार तोक्नुभएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र म्यानमारका महामहिम राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमणको शिलशिलामा सम्वत् २०७६ साल असोज २९ गते बुधबारका दिन म्यान्मारतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी तोक्नु भएकोछ ।    (हरि प्रसाद दाहाल)    प्रवक्ता

राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७6 साल असोज 28 गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री दावा फुटी शेर्पा र अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनु भएका श्री महेशराज दाहालले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।      (हरि प्रसाद दाहाल)    प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल असोज 28 गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (हरि प्रसाद दाहाल) प्रवक्ता

विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल असोज २७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकहरूको नाम १. राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २. वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ३. सेफगाड्‌र्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक      (हरि प्रसाद दहाल)   प्रवक्ता