विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल असोज २७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकहरूको नाम
१. राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
२. वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
३. सेफगाड्‌र्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

     (हरि प्रसाद दहाल)

  प्रवक्ता