अन्तर्राष्ट्रिय सम्बन्ध तथा अथितिसत्कार महाशाखा

राष्ट्रपतिको कार्यालयका कामहरू मध्ये अन्तर्राष्ट्रिय सम्बन्ध तथा अथितिसत्कार सम्बन्धी कार्यहरू यस महाशाखाले गर्दछ ।

  • सम्माननीय राष्ट्रपतिज्यूको वैदेशिक सम्बन्ध सम्बन्धी कार्य गर्ने ।
  • विदेशी राजदूतहरुको ओहदाको प्रमाणपत्र सम्बन्धी कार्य गर्ने ।
  • विदेशी कुटनीतिज्ञ, एवं अन्य वैदेशिक व्यक्तिहरुको भेटघाट सम्बन्धी व्यवस्था मिलाउने ।
  • राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा सम्माननीय राष्ट्रपतिज्यूको तर्फबाट हुने पत्राचार सम्बन्धी कार्य गर्ने ।
  • विभिन्न कार्यक्रमको समन्वय र आवश्यक श्रोतका लागि समन्वय गर्ने ।
  • विदेशी कुटनितीज्ञ तथा विदेशी पाहुनाको स्वागत तथा अतिथिसत्कार र सो सम्बन्धी कार्य गर्ने गराउने ।
  • सम्माननीय राष्ट्रपतिज्यूको वैदेशिक भ्रमण सम्बन्धमा कार्यक्रम तयार गरी व्यवस्थापन कार्य गर्ने ।
  • राष्ट्रपतिको कार्यालयको तर्फबाट अन्तराष्ट्रियस्तरमा हुने सूचना आदान प्रदान सम्बन्धी कार्य गर्ने ।
  • नेपाली राजदूत नियुक्ति, शपथ ग्रहण सम्बन्धी कार्य गर्ने गराउने ।