“शहीद दिवस २०७४” का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको सन्देश

नेपाल र नेपाली जनताको लागि शाहदत हासिल गरेका अमर शहीदहरुलाई सम्मान गर्ने शहीद दिवसको उपलक्ष्यमा सबैलाई राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित हुन प्रेरणा प्रदान गर्ने आदरणीय ज्ञात–अज्ञात शहीदहरूको सपना साकार पार्न कृतसंकल्पित बन्‍न अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर शहीदहरु प्रति  सम्झना र सम्मान गरी यस वर्ष पनि विविध कार्यक्रम सहित शहीद दिवस मनाइँदै छ । इतिहासका विभिन्‍न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफल स्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको हो । अब यस महत्वपूर्ण अवसरको सदूपयोग गरी न्याय र Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल माघ १२ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका नेपाली राजदूतहरुलाई देहाय बमोजिमका मुलुकहरुका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । तपसिल सि.नं. राजदूतको नाम आवासीय राजदूत र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री ऋषिराम घिमिरे रुसी महासंघ गणतन्त्र काजकस्थान २. श्री झविन्द्रप्रसाद अर्याल अरब गणतन्त्र इजिप्ट जोर्डन अधिराज्य 3. श्री कालीप्रसाद पोखरेल क्यानडा जमैका   (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रदेश प्रमुखज्यूहरुबाट प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण

आज मिति २०७४ साल माघ ५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा देहाय बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । क्र.सं. नाम थर ठेगाना प्रदेश १ प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ धनकुटा प्रदेश नं. १ २ श्री रत्नेश्वर लाल (कायस्थ) काठमाडौं प्रदेश नं. २ ३ श्री अनुराधा कोइराला काठमाडौं प्रदेश नं. ३ ४ श्री बाबुराम कुवंर अर्घाखाँची प्रदेश नं. ४ ५ श्री उमाकान्त झा धनुषा प्रदेश नं. ५ ६ श्री दुर्गा केशर खनाल सुर्खेत प्रदेश नं. ६ ७ श्री मोहनराज मल्ल कैलाली प्रदेश नं. ७ आजै राष्ट्रपति भवन शीतलनिवासमा Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७४ साल माघ ५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/९/२१ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गर्नुभएको छ । क्र.सं. अध्यादेशको नाम १. बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४     (कुलप्रसाद चुडाल) प्रवक्ता

सोनमल्होसार २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

महान पर्व सोनमल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ्ग दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । तामाङ्ग समुदायले यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरन्जन र खुशी साटासाट गरी मनाउने गर्दछन् । विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको तामाङ्ग जाति तथा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको छ । हिमाल, पहाड, तराइ तथा पूर्वदेखि पश्चिम महाकालीसम्म वसोवास गर्ने भिन्न भिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् साँस्कृतिक पहिचान वोकेका सबै नेपालीले मनाउने विभिन्न चाडपर्वहरुले राष्ट्रिय एकता सुदृढ पार्न र जातजातिवीच सामाजिक सद्‍भाव Read More …

“मकर संक्रान्ति तथा माघी पर्व २०७४” का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनु भएको शुभकामना सन्देश

“मकर संक्रान्ति तथा माघी पर्व २०७४” को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वहरुको आ-आफ्नै राष्ट्रिय महत्व रहेको र यिनीहरुले नेपाललाइ विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन भन्ने मलाइ लागेको छ । यस्ता पर्वहरुले नेपालका विभिन्न जातजाति वीच एकआपसमा भाइचाराको सम्वन्ध वढाइ राष्ट्रिय एकता सुदृढ वनाउन मद्दत गर्नेछन भन्ने मैले विश्वास लिएको छु । हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम Read More …

सम्माननीय राष्ट्रपतिज्यूद्वारा शीतलहरका कारणबाट भएको मानवीय क्षतिप्रति दुख व्यक्त

सम्माननीय राष्ट्रपतिज्यूले विगत केही दिनदेखि देशमा चिसो वढेको र विशेषतः तराइ क्षेत्रमा लागेको बाक्लो हुस्सु र शीतलहर एवम् पश्‍चिम पहाडका केही क्षेत्रमा फैलिएको झाडापखाला र ज्वोरोका कारणबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । तराइ क्षेत्रलगायत देशभर वढेको चिसोले आमजनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति सम्माननीय राष्ट्रपतिज्यूको गम्भीर ध्यानाकर्षण भएको छ । विगत वर्षहरुमा पनि यस किसिमका प्राकृतिक घटनाक्रमहरु हुने गरेको र यस वर्ष पनि पुनरावृत्ति भएकोले तिनीहरुको उचित र दीगो व्यवस्थापनको लागि उहाँले पूर्वतयारी हुनुपर्ने आवश्‍यकता ‍औंल्याउनु भएको छ । शीतलहर एवम् महामारीका कारण विशेषगरी वालवालिका, वृद्धवृद्धा, असहाय, गरीव र निमुखालाइ वढी प्रभावित पारेको कुराले सिंगो देशलाइ Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जाम्बियाका Army Commander Lieutenant General Paul MIHOVA, DFS psc plsc PM बाट शिष्टाचार भेट

आज मिति २०७४ साल पुस २० गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र जाम्बियाका Army Commander Lieutenant General Paul MIHOVA, DFS psc plsc PM बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र जाम्बियाबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र  जाम्बिया सेनाबीच आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो ।   (कुलप्रसाद चुडाल) प्रवक्ता