सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल माघ १२ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका नेपाली राजदूतहरुलाई देहाय बमोजिमका मुलुकहरुका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

तपसिल

सि.नं. राजदूतको नाम आवासीय राजदूत र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री ऋषिराम घिमिरे रुसी महासंघ गणतन्त्र काजकस्थान
२. श्री झविन्द्रप्रसाद अर्याल अरब गणतन्त्र इजिप्ट जोर्डन अधिराज्य
3. श्री कालीप्रसाद पोखरेल क्यानडा जमैका

 

(कुलप्रसाद चुडाल)

प्रवक्ता