गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरूलाई तपसिलमा उल्लेख भएका देशहरूका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । तपसिल: सि.नं. राजदूतहरूको नाम आवासीय राजदूत रहेको देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री कैलाशराज पोखरेल अष्ट्रेलिया फिजी २. श्री निर्मलराज काफ्ले ब्राजिल अर्जेन्टिना ३. श्री मिलनराज तुलाधार रुसी महासङ्घ बेलारुस ४. प्रा. डा. राम स्वार्थ राय डेनमार्क नर्वे ५. श्री तापस अधिकारी पाकिस्तान टर्की २०८० साल जेठ १७ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू गणतन्त्र भारतको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०८० साल जेठ १७ गते बुधबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०८० साल जेठ १७ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता    

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । उक्त विधेयक प्रमाणीकरण गर्ने क्रममा सम्माननीय राष्ट्रपतिज्यूले “मिति २०७९।०४।१५ मा  प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसदको दुवै सदनबाट पारित भई प्रतिनिधि सभाका तत्कालीन सभामुखज्यूबाट मिति २०७९।०४।१५ मा प्रमाणित गरी तत्कालीन राष्ट्रपतिज्यूसमक्ष प्रमाणीकरणका लागि पेश भएकोमा केही विषयहरूमा ध्यानाकर्षण सहित पुर्नविचारका लागि संघीय संसदमा फिर्ता पठाइएकोमा ध्यानाकर्षण गराइएका विषयहरूमा संघीय संसदका दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः २०७९/०५/२० गते राष्ट्रपतिज्यूसमक्ष पठाइएकोमा हालसम्म उक्त विधेयक ऐन बन्नको लागि प्रमाणीकरण नभएकोले विभिन्न Read More …

प्रेस विज्ञप्ति

विज्ञप्ति आज विभिन्न सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको कार्यालयको लेटर हेड प्रयोग गरेर प्रवक्ताको नाममा “राष्ट्रपतिको कार्यालयको विज्ञप्ति” भनी जारी भएको भ्रामक विवरण प्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ । उक्त व्यहोराको विज्ञप्ति यस कार्यालयबाट जारी नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ । २०८० साल जेठ १६ गते मङ्‌गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पाँचौ राष्ट्रिय महिला अधिकार दिवस, २०८० सालको अवसरमा दिनुभएको शुभकामना सन्देश

पाँचौ राष्ट्रिय महिला अधिकार दिवस, २०८० को शुभकामना सन्देश ‘महिला हक अधिकार: सबैको साझा सरोकार’ भन्ने नाराका साथ आज जेठ १६ गते मनाउन लागिएको पाँचौ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा लैङ्गिक समानता तथा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै आभार व्यक्त गर्दछु । वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ’विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवसका रूपमा Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस,२०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश

गणतन्त्र दिवस,२०८० को शुभकामना सन्देश १६ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाइसहित सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । साथै, लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान व्यक्त गर्दै त्यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गर्दछु । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं । कुनै Read More …

कैद सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ । २०८० साल जेठ १४ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/२/१२ को बैठकको सिफारिसमा मिति २०८०/२/१५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ (चार सय पचहत्तर) जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ (सात) जना गरी कुल जम्मा ४८२ (चार सय बयासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको छ । २०८० साल जेठ १४ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री वीरेन्द्रप्रसाद महतोज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ। साथै, सोही समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्री श्री प्रमिला कुमारीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ। २०८० साल जेठ १० गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता   सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीज्यूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु हुँदै सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नवनियुक्त माननीय राज्यमन्त्रीज्यूले राज्यमन्त्री पदको पद तथा गोपनीयताको Read More …

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति गरी कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति गरी कार्यभार तोक्नु भएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन १. श्री वीरेन्द्रप्रसाद महतो मन्त्री वन तथा वातावरण मन्त्रालय २. श्री प्रमिला कुमारी राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय २०८० साल जेठ ९ गते मङ्‌गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता