गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरूलाई तपसिलमा उल्लेख भएका देशहरूका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

तपसिल:

सि.नं. राजदूतहरूको नाम आवासीय राजदूत रहेको देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री कैलाशराज पोखरेल अष्ट्रेलिया फिजी
२. श्री निर्मलराज काफ्ले ब्राजिल अर्जेन्टिना
३. श्री मिलनराज तुलाधार रुसी महासङ्घ बेलारुस
४. प्रा. डा. राम स्वार्थ राय डेनमार्क नर्वे
५. श्री तापस अधिकारी पाकिस्तान टर्की

२०८० साल जेठ १७ गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता