सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल कार्तिक १२ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १. राजर्षिजनक विश्वविद्यालय विधेयक, २०७४   (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट बस दुर्घटनामा परि जीवन गुमाउनेहरु प्रति गहिरो दु:ख व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७४ साल कार्तिक ११ गते शनिबारका दिन सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङ्गको गजुरी-५, घाटबेसीस्थित त्रिशुली नदीमा खसि हुन पुगेको दुर्घटनामा परि जीवन गुमाउनेहरु प्रति गहिरो दु:ख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारजनहरुप्रति धैर्य धारणको लागि समवेदना प्रकट गर्नु भएको छ । साथै दुर्घटनामा पर्नुभएका घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उक्त दुर्घटनामा परी वेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै उद्धारकार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस तथा स्थानीय जनहरुप्रति धन्यवाद समेत दिनुभएको छ ।   (केशव प्रसाद घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल कार्तिक ८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भियनास्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि श्री प्रकाशकुमार सुवेदीलाई गणतन्त्र अष्ट्रियाको लागि नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।   (पुष्कर सापकोटा) सहसचिव

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७४ साल मङ्‌सिर १० गते र मङ्‌सिर २१ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७४ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४/७/१ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७४/७/६ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७४/७/६ को पत्रमा उल्लिखित सिफारिस बमोजिम सम्वत् २०७४ साल मङ्‌सिर १० गते र मङ्‌सिर २१ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन कार्यमा Read More …

छठ पर्व २०७४ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने यस छठ पर्व २०७४ सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्‍भाव कायम गर्न सफल रहोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु । धन्यबाद ! २०७४ साल कार्तिक ९ गते बिहीबार ।

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि क्यानाडाका (गैह्र आवासीय) महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७4 साल कार्तिक ७ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि क्यानाडाका महामहिम राजदूत (गैह्र आवासीय) H.E. Mr. Nadir Patel ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल कार्तिक ६ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. नर्वे H.E. Mr. Lasse BjØrn Johannessen आवासीय 2. जर्मनी H.E Mr. Roland Schaefer आवासीय 3. ई.यू. H.E. Ms. Veronica Cody आवासीय 4. न्यूजिल्याण्ड H.E. Ms. Joanna Mary Kempkers गैरआवासीय   (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल कार्तिक ६ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “शिक्षा (नवौं संशोधन) विधेयक, २०७४“  नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।    (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल कार्तिक ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७४“  नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।     (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

नेपाल सम्वत् ११३८ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्‌भाव अभिवृद्धि गर्न योगदान दिनेछ भन्ने मैले आशा लिएको छु । अन्तमा, नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको संचार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्‍ने शुभकामना प्रकट गर्दछु । धन्यबाद ! २०७४ साल कार्तिक ३ गते शुक्रबार ।