छठ पर्व २०७४ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने यस छठ पर्व २०७४ सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्‍भाव कायम गर्न सफल रहोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु ।

धन्यबाद !

२०७४ साल कार्तिक ९ गते बिहीबार ।