जर्मनीको Friederich Ebert Stiftung (FES) का Global President बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनु भएका जर्मनीको Friederich Ebert Stiftung (FES) का Global President H.E. Dr. Martin Schulz ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र जर्मनी बीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको व्यहोरा उल्लेख गर्दै FES ले काठमाडौं स्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्यहरू गर्दै आएकोमा खुशी समेत व्यक्त गर्नुभयो। २०८० साल माघ १७ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा  नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत श्री दान बहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाको लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा  नियुक्त गर्नुभएको छ। २०८० साल माघ १६ गते मङ्गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सहिद दिवस, २०८० को अवसरमा दिनुभएको सन्देश

सहिद दिवस, २०८० को सन्देश सहिद दिवस, २०८० को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सहिद दिवस देशका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न काल खण्डहरूमा निरङ्‌कुश र तानाशाही शासन व्यवस्था विरूद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाईदैँ आइएको छ। आफ्नो अमूल्य जीवनलाई जनता र Read More …

निर्वाचन परिणाम सहितको प्रतिवेदन

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त  श्री दिनेश कुमार थपलियाले राष्ट्रपति भवनमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६०  बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो। २०८० साल माघ १४ गते आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता    

बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट र सहायक कर्णेल कमाण्डेट लगायतको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट Mr. Richard Wardlaw OBE र सहायक कर्णेल कमाण्डेट Mr. Mark Lancaster लगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो। नेपालका लागि संयुक्त अधिराज्यका राजदूत समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाँहरूले सम्माननीय राष्ट्रपतिज्यू समक्ष Brigade of Gurkha को सन् २०२३ को वार्षिक प्रतिवेदन समेत पेश गर्नुभयो। सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो। साथै, उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ब्रिटिश गोर्खा सैनिकहरूका ’boutमा चासो व्यक्त गर्दै बेलायतले नेपालको विकास साझेदारको रूपमा नेपालको विकासमा सहयोग पुर्‍याउँदै आएकोमा धन्यवाद समेत व्यक्त Read More …

अष्ट्रेलियाका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Ms. Felicity Jane Volk ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सो अवसरमा साम्माननीय राष्ट्रपतिज्यूले दक्षिण पूर्वी एशिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा समेत अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकोले नेपाल जस्ता भू-परिवेष्ठित र अल्प विकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने कुरामा विश्वस्त रहेको कुरा बताउनु भयो। २०८० साल माघ ११ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१०/९ को सिफारिसमा सम्वत् २०८० साल माघ २२ गते सोमबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०८० साल माघ १० गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । २०८० साल माघ ९ गते मङ्गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० २०८० साल माघ ४ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू युगाण्डाको राजधानी कम्पालामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन सम्वत् २०८० साल माघ ४ गते बिहीबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८० साल माघ ४ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता