महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।

२०८० साल माघ ९ गते मङ्गलबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता