सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फागुपूर्णिमा (होली) पर्व, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७७ को शुभकामना सन्देश  नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । वसन्त ऋतुको आगमनसँगै प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिन आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश दिने फागुपूर्णिमा (होली) पर्व यो वर्ष हिमाली¸पहाडी तथा भित्री मधेसका जिल्लाहरूमा चैत्र १५ गते र तराईका जिल्लाहरूमा चैत्र १६ गते विभिन्न रङ र अबिर खेल्दै हर्षोल्लासपूर्वक मनाइँदैछ । होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्दछ र लोक संस्कृतिको प्रवर्द्धन गर्दछ । विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा Read More …

सम्माननीय राष्ट्रपतिज्यू  मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति मो. अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७७ साल चैत्र ९ गते सोमबारका दिन राजकीय भ्रमणमा मित्रराष्ट्र जनबादी गणतन्त्र बंगलादेश प्रस्थान गर्नु भई आज मिति २०७७ साल चैत्र १० गते मङ्गलबार भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति मो. अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७७ साल चैत्र ९ गते सोमबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनबादी गणतन्त्र बंगलादेशतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिज्यूबाट सम्पादन हुने व्यहोरा जानकारीको लागि अनुरोध छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा  नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७, चावहिल निवासी अधिवक्ता श्री रमेश वडाललाई  नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

महान्यायाधिवक्ताको पदबाट राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७7/१2/6 गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । साथै, उहाँले महान्यायाधिवक्ताको हैसियतले सम्पादन गर्नुभएको कार्यप्रति  सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ । (रूपनारायण भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको आह्वानमा राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्रीहरूसँग भेटघाट

विज्ञप्ति मंगलबार, ३ चैत्र २०७७ सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आह्वान गर्नुभए बमोजिम प्रमुख  राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्रीहरूसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयहरूमा विचार आदान—प्रदान भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजना भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्षहरू श्री महन्थ ठाकुर र श्री उपेन्द्र यादव तथा नेता राजेन्द्र महतो उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी कार्यक्रममा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय अर्थमन्त्री, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरू, उपस्थित राष्ट्रसेवकहरू, भद्रमहिला तथा सज्जनवृन्द, मुलुकको वाणिज्य तथा व्यापार प्रवर्द्धनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल चेम्बर अफ कमर्सले ७० औँ वर्ष पूरा गरेको उपलक्ष्यमा हार्दिक बधाई दिँदै यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । सात दशकअघि प्रजातन्त्रको उदयसँगै व्यापारी व्यावसायीहरूले नेपाल चेम्बर अफ कमर्स जस्तो प्रतिष्ठित संस्था स्थापना गरी मुलुकको आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आउनु भएकोमा सराहना गर्दछु । साथै, यस अवसरमा सम्मानित हुनुहुने वर्तमान तथा पूर्व अध्यक्षहरूको योगदानको स्मरण गर्न चाहन्छु । हाम्रो साँस्कृतिक विरासतले सर्वेभवन्तु सुखीनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणी पश्यन्तु मा कश्चित Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।   (रूपनारायण भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका माननीय अध्यक्ष श्री समिम मिँया अन्सारीज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । (रूपनारायण भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री चोलेन्द्र शमसेर ज.ब.रा.ज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । (रुपनारायण भट्टराई) प्रवक्ता