महान्यायाधिवक्ताको पदबाट राजीनामा

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलले  नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७7/१2/6 गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ । साथै, उहाँले महान्यायाधिवक्ताको हैसियतले सम्पादन गर्नुभएको कार्यप्रति  सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ ।

(रूपनारायण भट्टराई)

प्रवक्ता