सम्माननीय राष्ट्रपतिज्यूसमक्ष क्याम्बोडियाका प्रधानमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल मंसिर १४ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष क्याम्बोडियाका प्रधानमन्त्री H.E. Samdech Akka Moha Sena Padei Techo Hun Sen ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा क्याम्बोडिया सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र म्यान्मारका State Counsellor बाट शिष्टाचार भेट

आज मिति २०७५ साल मंसिर १४ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मित्रराष्ट्र म्यान्मारका State Counsellor (सरकार प्रमुख) H.E. Daw Aung San Suu Kyi बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भयो । सो अवसरमा नेपाल सरकार तथा म्यानमार सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल मंसिर १२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र  कोरिया (उत्तर कोरिया) का राजदूत H.E. Kim Yong Hak ले विदाई भेट गर्नुभयो । सो अवसरमा प्रजातान्त्रिक जनगणतन्त्र  कोरिया (उत्तर कोरिया) र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा प्रजातान्त्रिक जनगणतन्त्र  कोरिया (उत्तर कोरिया) तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७५ का अवसरमा दिनुभएको शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  वमोजिम नेपालमा “लैंगिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । वोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि रहिरहेका अन्धविश्‍वास, कुरीति, कुसंस्कारले गर्दा नेपाली महिलाहरु हिंसा, विभेद र अपमानका पिडा खप्न अझै वाध्य छन् । तसर्थ महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिक रुपले Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्र संघका नायव महासचिवबाट शिष्टाचार भेट

आज मिति २०७५ साल कात्तिक ३० गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका नायव महासचिव H.E. Ms. Amina J. Mohammed बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा संयुक्त राष्ट्र संघको सहयोगमा नेपालमा संचालन भइरहेका कार्यक्रमहरु र नेपाल तथा संयुक्त राष्ट्र संघबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भयो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सूर्य देवता र छठी माताको पूजा आराधना गरी हर्षोल्लासपूर्वक मनाइने यस छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‍भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्‍ने मैले विश्वास लिएको छु । धन्यबाद ! २०७५ साल कार्तिक २७ गते मंगलबार ।

सम्माननीय राष्ट्रपतिज्यूबाट भाइटीका

आज मिति २०७५ साल कार्तिक २३ गते शुक्रबार, भाइटीकाको दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विहान ११:५५ बजेको शुभसाइतमा भाइ श्री डेगेन्द्र पाण्डेलाई सप्तरंगी टीका एवम् माला लगाई दिनु भयो ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सम्वत् ११३९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल सम्वत् ११३९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्‌भाव अभिवृद्धि गर्न योगदान दिनेछ भन्ने मैले आशा लिएको छु । यस नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्‍ने शुभकामना प्रकट गर्दछु । धन्यबाद ! २०७५ साल कार्तिक २२ गते बिहीबार ।

सम्माननीय राष्ट्रपतिज्यूबाट शुभकामना आदान प्रदान कार्यक्रम

आज मिति २०७५ साल कात्तिक २१ गते बुधबारका दिन नेपालीहरुको महान पर्व बडा दशैंको लगतै परेका तिहार, नेपाल सम्वत्, ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूको निमन्त्रणामा राष्ट्रपति भवन, शीतलनिवासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्‍न भयो । सम्माननीय राष्ट्रपतिज्यूले कार्यक्रमलाई संबोधन गर्नुहुँदै मुलुकमा लोकतन्त्रसहितको ठूलो राजनीतिक परिवर्तन गर्न राजनीतिक दलहरुले निर्णायक भूमिका निर्वाह गरेकाले अब देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल पार्नसमेत दलहरु एकजुट हुनुपर्ने कुरा औंल्याउनु भयो । सम्माननीय राष्ट्रपतिज्यूले आर्थिक विकासको अभियानलाई तीब्रता दिन आफ्नो तर्फबाट सरकार र राजनीतिक दलहरुलाई सदाझैँ सक्दो सहयोग रहने कुरा बताउनु भयो  । सो अवसरमा सम्माननीय उपराष्ट्रपति श्री Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तिहार, २०७५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तिहार, २०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो संस्कृति र दर्शनले पशुपंक्षी र वनस्पतिलाई मानव जीवनको अभिन्न अंग मानेका कारण तिनीहरुप्रति सम्मान व्यक्त गर्ने हाम्रो परम्परा रहिआएको छ । तिहार पर्वमा प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने गरिन्छ । तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाई र दिदी बहिनीका बीचको आपसी स्नेह र ममतालाई प्रगाढ बनाउन मद्दत गर्दछ । यस चाडले नेपाली-नेपालीबीचको आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्‌भाव र Read More …