सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतीय राजदूतबाट बिदाई भेट

आज मिति २०७३ साल फागुन १७ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यावधि पूरा गर्नुभएका नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत रणजीत रेले बिदाई भेट गर्नु भयो । भेटमा पारस्परिक सम्बन्धको बिषयमा कुराकानी भयो । श्री रे साढेतीन वर्ष देखि नेपालमा राजदूत पदमा कार्यरत रहनु भएको थियो । राजदूत रे भोलि स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

ग्याल्पो ल्होसार २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

शेर्पा जातिको महान पर्व एवं नयाँ वर्ष “ग्याल्पो ल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली शेर्पा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा यस पर्वलाई शेर्पा समुदायले आफ्नो परम्परा अनुसार नयाँ वर्षका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । सबै नेपालीबीच एकताको सन्देश दिदै आपसी मनोरञ्जन र खुशी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व र पारस्परिक सद्‌भाव कायम राख्न मद्दत पुर्‍याउने छ । विविधताले भरिपूर्ण सिंगो नेपाली संस्कृतिभित्रको शेर्पा जाति तथा समुदायको संस्कृति आफैंमा मौलिक, सुसंस्कृत र समृद्ध रहेको छ । अन्तमा, Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रमुख सूचना आयुक्तबाट भेट

आज मिति २०७३ साल फागुन ११ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रमुख सूचना आयुक्त श्री कृष्णहरि बाँस्कोटा, सूचना आयुक्तद्वय श्री किरणकुमार पोखरेल र श्रीमती यशोदादेवी तिम्सिनाबाट भेट भयो । उक्त भेटका अवसरमा प्रमुख सूचना आयुक्तले आर्थिक वर्ष २०७२/०७३ मा आयोगबाट सम्पादित प्रमुख कार्यहरुका बारेमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अवगत गराउनु भयो । (केशव प्रसाद घिमिरे) उपसचिव  

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सार्कका महासचिवबाट शिष्टाचार विदाइ भेट

आज मिति २०७३ साल फागुन १० गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यकाल पूरा गर्न लाग्नु भएका सार्कका महासचिव श्री अर्जुनबहादुर थापाले शिष्टाचार विदाइ भेट गर्नुभयो  । (केशव प्रसाद घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष UNESCO को Director General पदका प्रत्यासीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन १० गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका कतारका अमिरी दिवानका सल्लाहकार एवम् UNESCO को Director General पदका प्रत्यासी डा. हमाद वीन अब्दूलअजिज अल कुवारीबाट शिष्टाचार भेट भयो । उक्त भेटका अवसरमा नेपालस्थित कतारका राजदूत समेतको उपस्थिति थियो । (केशव प्रसाद घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतका केन्द्रिय रेल मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन ८ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका भारतका केन्द्रिय रेल मन्त्री महामहिम श्री सुरेश प्रभुबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपाल उद्योग परिसंघ (CNI) का पदाधिकारीहरु, नेपालस्थित भारतीय राजदूतवासका प्रतिनिधि लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो । भारतीय रेल मन्त्री नेपाल सरकारको समन्वयमा CNI द्वारा आयोजित पूर्वाधार सम्मेलन (Infrastructure Summit) मा भाग लिन दुईदिने भ्रमणमा हिजो नेपाल आउनु भएको हो । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट निर्वाचन आयुक्त पदमा नियुक्त

आज मिति २०७३ साल फागुन ५ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा देहायका महानुभावहरुलाई निर्वाचन आयोगको आयुक्त पदमा नियुक्त गर्नुभएको छ ।   क्र.सं. नाम थर 1. श्री नरेन्द्र दाहाल 2. श्री ईश्वरी प्रसाद पौड्याल 3. श्री सुधीरकुमार शाह सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा माननीय प्रमुख निर्वाचन आयुक्तज्यूसमक्ष आजै नवनियुक्त आयुक्तज्यूहरुले निर्वाचन आयोगको आयुक्त पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसँग प्रमुख सात राजनीतिक दलका नेताहरुबाट भेट

आज मिति २०७३ साल फागुन २ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसँग प्रमुख राजनीतिक दलका प्रमुखज्यूहरुबाट भेट भयो । भेटका अवसरमा हालको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । उक्त भेटमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ज्यू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष के.पी. शर्मा ओलीज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाज्यू, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठज्यू, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारज्यू, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरज्यू लगायतका शीर्षस्थ नेताहरुको उपस्थिति Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल फागुन २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाकिस्तानका लागि नेपाली राजदूत पदमा कार्यरत श्री सेवा लम्साल अधिकारीलाई टर्कीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल माघ २८ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३ २. स्थानीय तह निर्वाचन विधेयक, २०७३ (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता