सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल सरकारको आ.व. २०७३/७४ को वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल साउन ११ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७३/०७४ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३ बमोजिम पेश गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, असमानता तथा विभिन्न विसङ्गतिहरु निराकरण गर्नका लागि संविधानले मार्गदर्शन गरेका नीति एवम् दायित्व जनआकांक्षा अनुरुप परिपूर्ति हुनेतर्फ सम्बद्ध सबैले ध्यान पुर्‍याउनु पर्नेमा जोड दिनुभयो । सो समारोहमा माननीय उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री श्री ईश्वर पोखरेल, माननीय गृहमन्त्री श्री रामबहादुर थापा, माननीय Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल साउन ८ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री शेरबहादुर तामाङ्गज्यूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले निजले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल असार ३२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १. आर्थिक विधेयक, २०७५ २. विनियोजन विधेयक, २०७५ ३. राष्ट्र ऋण उठाउने विधेयक, २०७५ ४. ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष फ्रान्सका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल असार २९ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि फ्रान्सका राजदूत H.E. Mr. Yves CARMONA ले विदाई भेट गर्नुभयो । सो अवसरमा फ्रान्स र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित फ्रान्स राजदूतावासका अधिकारीको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल असार २० गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १. राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ २. संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५ ३. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५   (छविन्द्र पराजुली) प्रवक्ता