सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल साउन ८ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री शेरबहादुर तामाङ्गज्यूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले निजले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता