सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्रसंघका उपमहासचिवबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार १३ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त राष्ट्रसंघ Department of Peacekeeping Operations का उपमहासचिव Mr. Jean-Pierre Lacroix को प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापना कार्यमा नेपालले निर्वाह गरिरहेको भूमिका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल असार १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. जापान H.E. Mr. Masamichi Saigo आवासीय 2. टुनिसिया H.E. Mr. Nejmeddine Lakhal गैरआवासीय 3. डेनमार्क H.E. Mr. Peter Taksøe-Jensen गैरआवासीय 4. भेनेजुएला H.E. Mr. Augusto Montiel गैरआवासीय (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७५ साल असार १० गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले  भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो हालै सम्पन्न भएको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराउनु भयो । उक्त भेटका अवसरमा माननीय परराष्ट्र मन्त्री  लगायत उच्च पदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General बाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार ५ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General Zubair Mahmood Hayat ले शिष्टाचार भेट गर्नुभयो । सो भेटका अवसरमा नेपाल र पाकिस्तानबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र  पाकिस्तानी सेनाबीच आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो । (छविन्द्र पराजुली) प्रवक्ता

कार्यभार तोकिएको

आज मिति २०७५ साल असार ५ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७५ साल असार ५ गते मंगलबार चीनतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि होली सी का गैरआवासीय Apostolic Nuncio बाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार ४ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि होली सी का गैरआवासीय Apostolic Nuncio H.E. Archbishop Giambattista Diquattro ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा होली सी र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु एवम् होली सी Apostolic Nunciature का अधिकारीको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको दुबै सदनको संयुक्त बैठक आह्वान

आज मिति २०७५ साल असार १ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सम्वत् २०७५ साल असार ३ गते आइतबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

इदुलफित्र पर्व २०७५ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुलफित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक, भाषिक र जातिय विविधता बीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा इदुलफित्र पर्वले नेपालीहरुबीच आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा  महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु । रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने इदुल फित्र पर्वको विशेष महत्व रहेको छ । स्थिरता र दीगो शान्तिसहित सामाजिक आर्थिक विकास मार्फत समृद्ध नेपाल Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष फिनल्याण्डका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल जेठ २५ गते शुक्रबारका दिन  राष्ट्रपतिभवन,शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती  विद्यादेवी  भण्डारीज्यूसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत H.E. Mr. Jorma Suvanto ले विदाई भेट गर्नुभयो । सो अवसरमा फिनल्याण्ड र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट वृक्षारोपण

आज मिति २०७५ साल जेठ २२ गते मंगलबारका दिन विश्‍व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवन, शीतलनिवास परिसरमा वृक्षारोपण कार्यक्रम भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले Ginkgo Biloba विरुवाको बोट रोपण गर्नु भयो । सो अवसरमा राष्ट्रपति कार्यालयका सचिव श्री विनोद के सी ज्यू लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति थियो । (छविन्द्र पराजुली) प्रवक्ता