सम्माननीय राष्ट्रपतिज्यूबाट वृक्षारोपण

आज मिति २०७५ साल जेठ २२ गते मंगलबारका दिन विश्‍व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवन, शीतलनिवास परिसरमा वृक्षारोपण कार्यक्रम भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले Ginkgo Biloba विरुवाको बोट रोपण गर्नु भयो । सो अवसरमा राष्ट्रपति कार्यालयका सचिव श्री विनोद के सी ज्यू लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति थियो ।

(छविन्द्र पराजुली)

प्रवक्ता