सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल असार १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
1. जापान H.E. Mr. Masamichi Saigo आवासीय
2. टुनिसिया H.E. Mr. Nejmeddine Lakhal गैरआवासीय
3. डेनमार्क H.E. Mr. Peter Taksøe-Jensen गैरआवासीय
4. भेनेजुएला H.E. Mr. Augusto Montiel गैरआवासीय

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता