सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भए पश्‍चात् मुलुकका ३२ जिल्लामा भोलि मिति २०७४ साल मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन म आह्वान गर्दछु । नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसै शिलशिलामा विगतमा स्थानीय तहको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भईसकेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचन पछि मुलुक राजनीतिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मुलन सम्वन्धी अन्तर्राष्ट्रिय दिवस २०७४ का अवसरमा दिनुभएको शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मुलन सम्वन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  वमोजिम नेपालमा “लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौः कोही नछुटौं” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । शिक्षा तथा चेतनाको कमीले गर्दा नेपाली महिलाहरु हिंसा, विभेद, अपमान र पिडा खप्न वाध्य छन् । वोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसक्दा पनि अन्धविश्‍वासको कारणले त्यस्ता पिडाबाट नेपाली महिलाहरुको उन्मुक्ती हुन सकेको छैन । समाजमा चलि आएका परम्परा, अन्धविश्‍वास, कुरीति, कुसंस्कारको अन्त्यको Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल मंसिर ८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७३/०७४ मा सम्पादन गरिएका कार्यहरु तथा सुझावसहित समावेश भएको अन्ठाउन्नौ वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा लोक सेवा आयोगका माननीय सदस्यहरु लगायत राष्ट्रपतिको कार्यालयका एवम् लोक सेवा आयोगका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका भियतनामका Chief Justice of the Supreme People’s Court, H.E. Mr. Nguyen Hoa Binh बाट शिष्टाचार भेट

आज मिति २०७४ साल मंसिर ८ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका  भियतनामका Chief Justice of the Supreme People’s Court, H.E. Mr. Nguyen Hoa Binh ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालका लागि भियतनामका गैरआवासीय महामहिम राजदूत लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (कुल प्रसाद चुडाल) प्रवक्ता

विवाह पञ्चमीको उपलक्ष्यमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

मर्यादा पुरुषोत्तम भगवान श्री राम र माता जानकीको विवाह सम्पन्न भएको मार्ग शुक्ल पञ्‍चमी तिथिको यस पावन दिन विवाह पञ्चमीको शुभ अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको चाडपर्व र संस्कृति नेपालका अमूल्य नीधि हुन् । हाम्रो देश नेपाल धार्मिक सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने विवाह पञ्चमी जस्ता उत्सवहरुले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकहरुवीच आपसी मेलमिलाप, सद्‍भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्‍याएको छ । अन्त्यमा, यस पावन उत्सवले नेपालीहरु वीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्‍भाव र सहिष्णुता सुदृढ बनाउन मद्दत पुगोस् भन्‍ने कामना गर्दछु ।   धन्यवाद ! Read More …

सम्माननीय राष्ट्रपतिज्यू संयुक्त अरब इमिरेट्‍सको औपचारिक भ्रमण पूरा गर्नुभई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मिति २०७४ साल कार्तिक २७ गते सोमबार देखि मिति २०७४ साल कार्तिक ३० गतेसम्म संयुक्त अरब इमिरेट्‍सको ‍औपचारिक भ्रमण पुरा  गर्नु भई आज स्वदेश फर्कनु भयो ।   (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट पूर्वप्रधानमन्त्री स्वर्गीय कीर्तिनिधि विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको २०७४ साल कार्तिक २५ गते शनिबार भएको असामयिक दुःखद निधनबाट सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको छ । देशभक्त नेताको छवि बनाउनु भएका उहाँले जीवनपर्यन्त निर्भिकताका साथ राष्ट्र र सार्वभौमिकता रक्षाकालागि निर्वाह गर्नुभएको भूमिका सदा स्मरणीय रहिरहनेछ । स्वर्गीय विष्ट आफ्नो सम्पूर्ण जीवन नै राष्ट्रप्रति समर्पण गरी एउटा राष्ट्रवादी नेताको रुपमा परिचित हुनुहुन्थ्यो । सम्माननीय राष्ट्रपतिज्यू आज स्वर्गीय कीर्तिनिधि विष्टको निजी निवास ज्ञानेश्वरमा जानु भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई भावपूर्ण समवेदना प्रकट गर्नुभएको थियो ।   (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७४ साल कार्तिक २४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गर्नुभएको छ । क्र.सं. अध्यादेशको नाम १. राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि युएईका महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल कार्तिक २१ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि युएईका महामहिम  राजदूत Mr. Saeed Hamdan Al-Naqbi ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा महामहिम राजदूत Mr. Saeed Hamdan Al-Naqbi ले सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय राष्ट्रपतिज्यूको निकट भविष्यमा हुने संयुक्त अरव इमिरेट्सको प्रस्तावित भ्रमणको सिलसिलामा His Highness Sheikh Mohammed Bin Zayed Al Nahyan, Crown Prince of Abu Dhabi and Deputy Supreme Commander of UAE Armed Forces ले पठाउनु भएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नु भयो । उक्त भेटका अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम् आपसी हितका बिषयमा समेत कुराकानी भयो ।   Read More …