नेपाल सम्वत् ११३७ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालीहरुको आफ्नै मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै सबै नेपालीहरुमा भाइचाराको भावना समेत सुदृढ गर्न योगदान दिनेछ भन्ने मैले आशा लिएको छु । अन्तमा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपालीहरु एकाकार हुन्छौं, त्यसरी नै नेपालको संविधान मार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धीहरुको जर्गेना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने मेरो Read More …

शुभ दीपावली २०७३ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व शुभ दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । घरघरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस चाडले सम्पूर्ण नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली बीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्‌भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्ररेणा प्रदान गरोस् भन्ने कामना गर्दछु । अन्तमा, यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपालीहरु एकजुट हुन्छौ, त्यसरी नै नेपालको संविधान मार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धीहरुको जर्गेना गरी समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल कात्तिक १३ गते शनिबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा त्रिपुरेश्वर, काठमाडौं निवासी श्री दीपकुमार उपाध्यायलाई मन्त्रीस्तरको कुटनीतिक दर्जा दिई गणतन्त्र  भारतको लागि  र बलेटक्सार, गुल्मी निवासी श्री लीलामणि पौड्याललाई जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानको कोयासान सहरका मेयरको नेतृत्वको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक ९ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका जापानको कोयासान सहरका Mayor Mr. Yoshiya Hirano को नेतृत्वको टोलीबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र जापानबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । युनेस्को सम्पदा क्षेत्रका रुपमा रहेका बौद्ध धर्मको सिन्गोन (Shingon) समुदायको केन्द्रको रुपमा रहेको १२०१ वर्ष पुरानो कोयासान र गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबीच गत वर्ष भगिनी सम्बन्ध स्थापना भएको थियो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र जापानबीच औपचारीक कूटनीतिक सम्बन्ध स्थापना भएको हीरक जयन्तीका Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट अरब गणतन्त्र ईजिप्टका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल कात्तिक ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री झविन्द्र प्रसाद अर्याललाई अरब गणतन्त्र  ईजिप्टको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (बशिष्टकुमार घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक ५ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले शिष्टाचार भेट गर्नुभयो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट हालै मित्रराष्ट्र भारतमा भएको BRICS-BIMSTEC Leaders’ Outreach Summit भ्रमणमा भएको उपलब्धिहरुका बारेमा अवगत गराउनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले भ्रमण सफल भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई बधाइ तथा धन्यवाद व्यक्त गर्नुहुँदै भएका उपलब्धिलाई यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्ने कुरामा जोड दिनुभयो । उक्त भेटमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माल्दिभ्स National Defence Force का सेना प्रमुखको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक २ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका माल्दिभ्स National Defence Force का सेना प्रमुख  Major General Ahmed Shiyam, ndc, psc को नेतृत्वको टोलीबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र माल्दिभ्सबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र माल्दिभियन सेनाबीच सहयोग र सम्बन्धको विस्तारमा अझ वृद्धि गर्ने विषयमा छलफल भएको थियो । उक्त अवसरमा माल्दिभियन सेनाका पदाधिकारीहरु र राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो । (प्रल्हाद प्रसाद पुडासैनी) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्र संघका Under Secretary General बाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक १ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका Under Secretary General Prof. Philippe Douste-Blazy बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र संयुक्त राष्ट्र संघबीच भइरहेका आपसी सहयोगमा बृद्धि एवं सम्बन्ध सुदृढिकरणका विषयमा छलफल भएको थियो । उक्त अवसरमा नेपालका लागि फ्रान्सेली राजदूत H.E. Mr. Yves Carmona र राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो । (प्रल्हाद प्रसाद पुडासैनी) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७३ साल असोज २९ गते शनिबारका दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू BRICS-BIMSTEC Leaders’ Outreach Summit मा भाग लिन जाने सिलसिलामा मित्रराष्ट्र गणतन्त्र भारततर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री  श्री विमलेन्द्र निधिज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (दशरथ राई) शाखा अधिकृत

सम्माननीय राष्ट्रपतिज्यूबाट शोक व्यक्त

मित्रराष्ट्र थाइल्याण्डका नरेश Bhumibol Adulyadej को निधनको समाचारले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको छ । यस दुःखद् घडीमा नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट दिवंगत नरेशप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त राजपरिवार र भावविह्वल थाई जनताप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । (हरिप्रसाद दवाडी) निमित्त सचिव