सम्माननीय राष्ट्रपतिज्यूबाट शोक व्यक्त

मित्रराष्ट्र थाइल्याण्डका नरेश Bhumibol Adulyadej को निधनको समाचारले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको छ । यस दुःखद् घडीमा नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट दिवंगत नरेशप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त राजपरिवार र भावविह्वल थाई जनताप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

(हरिप्रसाद दवाडी)

निमित्त सचिव