सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि इजिष्टका राजदूतबाट विदाई भेट

आज मिति २०७४ साल भाद्र १४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि इजिष्टका राजदूत महामहिम Mr. Baher Nabl Abdelfattah Helmy ले विदाई भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।     (मोहनप्रसाद वाग्ले) प्रवक्ता

गौरा पर्वको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालको सुदूरपश्‍चिम तथा मध्यपश्‍चिम क्षेत्रमा मनाइने  धार्मिक सांस्कृतिक महत्वको रुपमा रहेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सवै नेपालीबीच धार्मिक सहिष्णुता, सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । सदियौँदेखि मनाईदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्‍न समेत सफल भएको छ । हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरुले सबै नेपालीहरुबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्‍भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई यसबाट राष्ट्रिय एकता सुदृढ हुँदै आएको छ । यस Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल भाद्र ११ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७४“ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४/५/४ को सिफारिस, मन्त्रिपरिषद्को  मिति २०७४/५/५ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७४/५/५  को सिफारिस बमोजिम २०७४ साल असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७४/५/७ मा स्वीकृति प्रदान गर्नुभएको छ ।     (मोहनप्रसाद Read More …

हरितालिका तीजको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालको साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । बहुजाति, बहुभाषा, बहुसँस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा यी र यस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्न सहयोग पुगिरहेको तथा एकापसमा खुसी र मनोरञ्जन साटासाट गर्ने अवसर समेत प्रदान गरेका छन् । हाम्रो Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल भाद्र ६ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले  भेट गर्नुभयो । उक्त भेटघाटमा सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न मित्रराष्ट्र भारत भ्रमण लगायतका समसामयिक विषयमा छलफल भएको थियो । (केशव प्रसाद घिमिरे) उपसचिव

प्रेस विज्ञप्ति

विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकोले सो क्षेत्रका पीडित जनताका लागी राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोगार्थ सम्माननीय राष्ट्रपतिज्यूबाट एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गर्नु भएको छ । सोहि कोषमा जम्मा हुने गरि राष्ट्रपतिज्यूका विज्ञहरुबाट सात दिनको, सचिवहरु (स्वकिय सचिव समेत) बाट पाँच दिनको, सहसचिवहरु (स्वकिय समेत) बाट तीन दिनको, उप सचिव तथा शाखा अधिकृतहरु (स्वकिय समेत) बाट दुई दिनको तथा  सहायक स्तरका सबै कर्मचारीहरु (स्वकिय समेत) बाट एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।   (मोहन प्रसाद Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू एवम् प्रमुख राजनीतिक दलका नेताहरुबाट भेट

आज मिति २०७४ साल भाद्र ३ गते शनिबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यू एवम्  प्रमुख राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरी हालै देशमा गएको वाढी, पहीरो र समसामयिक विषयमा चासो व्यक्त गर्दै वाढी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनको उचित प्रवन्ध मिलाउन, प्राकृतिक प्रकोप न्युनिकरण गर्न अल्पकालीन र दीर्घकालिन रुपमा नदी प्रणालीलाई व्यवस्थित गर्न सरकारको ध्यान आकृष्ट गराउँदै राजनीतिक दल र सम्वद्ध सवै पक्षलाई सहयोग पुर्‍याउन आह्वान गर्नु हुँदै प्राकृतिक विपत्तीलाई रोकथाम गर्न पूर्व तयारी हुनु पर्ने कुरामा जोड दिनु भयो । आगो र बाढीबाट वढी प्रभावित हुने फुस र परालका घरहरुलाई विस्थापित गर्ने, Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल भाद्र २ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “आर्थिक विधेयक, २०७४“ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।   (कृष्ण मुरारी न्यौपाने) उपसचिव

नवनियुक्त माननीय महान्यायाधिवक्ताज्यूबाट शपथ ग्रहण

आज मिति २०७४ साल भाद्र २ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा काठमाडौं महानगरपालिका-२६, काठमाडौं निवासी वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ । आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुलीज्यूसमक्ष नवनियुक्त माननीय महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारीज्यूले महान्यायाधिवक्ता पदको पद तथा गोपनियताको शपथग्रहण समेत गर्नुभयो । उक्त समारोहमा सम्माननीय  उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपाल सरकारका मुख्य सचिवज्यू लगायत उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।     (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता