सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल भाद्र ६ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले  भेट गर्नुभयो । उक्त भेटघाटमा सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न मित्रराष्ट्र भारत भ्रमण लगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

(केशव प्रसाद घिमिरे)

उपसचिव