सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “शहीद दिवस २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

“शहीद दिवस, २०७५” को शुभकामना सन्देश सर्वप्रथम राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाल र नेपालीको लागि शाहदत हासिल गरेका शहीदहरूलाई सम्मान गर्ने यो शहीद दिवसले सबै राष्ट्रप्रेमी नेपाली जनसमुदायमा राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्तरूपले समाहित हुन प्रेरणा प्रदान गर्दै शहीदहरूको सपना साकार पार्न मन, वचन  र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर शहीदहरूप्रति श्रद्धा, सम्मान Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल माघ १४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगका अध्यक्ष तथा सम्माननीय प्रधान न्यायधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.ज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम न्याय परिषद् तथा न्याय सेवा आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश भयो ।  (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७५ साल माघ १३ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूको स्वीट्जरलैण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवम् मित्रराष्ट्र स्वीट्जरलैण्डसंग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भयो । सो अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीप कुमार ज्ञवाली, माननीय अर्थमन्त्री डा. युवराज खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । (छविन्द्र पराजुली) प्रवक्ता  

कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल माघ ६ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्वत् २०७५ साल माघ ६ गते आइतबार स्वीट्जरल्याण्डतर्फ प्रस्थान गर्नु हुने भएकोले सम्माननीय प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी पर्व, २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

हाम्रो देश नेपालका विभिन्‍न समुदायले माघ १ गते आ-आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघीले परिचित महत्वपूर्ण चाडको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । यो सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्‍जन साथै मिष्ठान्‍न भोजन गर्दै मनाउने प्रचलन रहिआएको छ । थारु समुदायमा मनाइने माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइन्छ । यस पर्वले हाम्रो समाजका विभिन्‍न जातजातिबीच आपसी मेलमिलाप अभिबृद्धि गरी सामाजिक एकता सुदृढ बनाउन मद्दत गर्ने विश्‍वास मैले लिएको छु । विशिष्ट साँस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्‍वसामु Read More …

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सन्देश दिनुभएको छ । उक्त सन्देशको व्यहोरा देहाय वमोजिम छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएको सन्देश “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल प्राचीन कालदेखि स्वतन्त्र राष्ट्रको रूपमा विश्वमानचित्रमा अङ्कित रहेको बताउनु हुँदै हाम्रा पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकको रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको हो भन्नुभएको छ । यो देश एकीकरण हुनुपूर्व स-साना टुक्रामा विभक्त थियो । Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका परराष्ट्र मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल पुस २६ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जापानका परराष्ट्र मन्त्री H.E. Mr. Taro Kono ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा जापान सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल पुस २3 गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. प्रजातान्त्रिक जनगणतन्त्र कोरिया   H.E. Mr. Jo Yong Man आवासीय 2. जनवादी गणतन्त्र चीन H.E. Ms. Hou Yanqi आवासीय 3. साउदी अरेबिया H.E. Mr. Musaid bin Sulaiman M. Al-Mawany आवासीय 4. स्वेडेन H.E. Mr. Kalas Molin गैरआवासीय (छविन्द्र Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७५ साल पुस १८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.व.रा.ज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा आजै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.व.रा.ज्यूले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु, प्रतिनिधि सभाको माननीय विपक्षी दलको नेताज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, न्यायपरिषदका Read More …