न्याय परिषद सदस्य पदमा नियुक्त

आज मिति २०७७ साल मङ्‌सिर १५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद श्रेष्ठ (प्र.प.नं. ९२) लाई न्याय परिषद सदस्य पदमा नियुक्त गर्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरूनानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सिख धर्मका प्रवर्तक गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाको दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । सिख समुदायले हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्दछन् । सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुहुने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त गरी समाजमा आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क Read More …

सम्माननीय राष्ट्रपतिज्यू समक्ष चीनका State Councillor and  Defence Minister बाट शिष्टाचार भेट

आज मिति २०७७ साल मङ्‌सिर १४ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपाल भ्रमणमा रहनु भएका मित्रराष्‍ट्र जनवादी गणतन्त्र चीनका State Councillor and  Defence Minister H.E. Gen. WEI Fenghe ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्‍ट्रपतिज्यूले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवम् स्वतन्त्रताको सम्मान गर्दै आएकोमा मित्रराष्ट्र चीनको सराहना गर्नुभयो । साथै, उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढीकरण गर्न यो भ्रमण कोशेढुंगाको रूपमा रहने विश्‍वास व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू र चिनियाँ राजदूतसहित प्रतिनिधि मण्डलका सदस्यहरूको समेत उपस्थिति थियो । (बद्रिनाथ अधिकारी) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस, २०७७ को शुभकामना सन्देश “महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस” (नोभेम्बर २५) को अवसरमा विश्‍वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्‍वभर मनाउने निर्णय गरेबमोजिम यस वर्ष नेपालले पनि “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्‍ने राष्ट्रिय संकल्पका साथ आज नोभेम्बर २५ देखि आगामी डिसेम्बर १० सम्म “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” सञ्‍चालन गर्दैछ । कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोग ऐन, २०७४ को दफा २१ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व¸ २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व¸ २०७७ को शुभकामना सन्देश छठ पर्व, २०७७ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत हर्षोल्लासका साथ मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि पञ्‍चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य  दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजा-अर्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्‍न गर्नाले मनोवाञ्छित फल पाइने, समाज Read More …

प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू छठ पर्वको अवसरमा गुह्येश्वरी-गौरीघाट र कमलपोखरी, काठमाडौंमा दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त कार्यक्रमहरूमा सरिक हुन नसक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७७ साल मङ्‌सिर ४ गते, बिहिबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७७ साल मङ्‌सिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. ‌औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “नेपाल संवत् ११४१” को अवसरमा दिनुभएको शुभकामना सन्देश

“नेपाल संवत् ११४१” को शुभकामना सन्देश ‘नेपाल संवत् ११४१’ प्रारम्भ भएको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ, जसलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा विशेष रूपमा मनाउने गरिन्छ । लिच्छवीकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तिहार पर्व, २०७७” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “तिहार पर्व, २०७७” को शुभकामना सन्देश नेपालीहरूको महान् चाड तिहार, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । काग तिहारको दिनबाट सुरू भएर क्रमश: कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, ‍गोरु तिहार एवं गोवर्द्धन पूजा र भाइटीकासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यमपञ्‍चक पनि भनिन्छ । तिहारमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका पशुपंक्षी, धन–ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मी¸अजस्र प्राकृतिक स्रोतको प्रतीक गोवर्द्धन पर्वत र भाइको पूजा गरिनुका साथै देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ । तिहार मनाउने Read More …