सम्माननीय राष्ट्रपतिज्यू समक्ष चीनका State Councillor and  Defence Minister बाट शिष्टाचार भेट

आज मिति २०७७ साल मङ्‌सिर १४ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपाल भ्रमणमा रहनु भएका मित्रराष्‍ट्र जनवादी गणतन्त्र चीनका State Councillor and  Defence Minister H.E. Gen. WEI Fenghe ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।

उक्त अवसरमा सम्माननीय राष्‍ट्रपतिज्यूले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवम् स्वतन्त्रताको सम्मान गर्दै आएकोमा मित्रराष्ट्र चीनको सराहना गर्नुभयो । साथै, उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढीकरण गर्न यो भ्रमण कोशेढुंगाको रूपमा रहने विश्‍वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू र चिनियाँ राजदूतसहित प्रतिनिधि मण्डलका सदस्यहरूको समेत उपस्थिति थियो ।

(बद्रिनाथ अधिकारी)

प्रवक्ता