
महिला हिंसा निर्मूल गर्न राष्ट्रपतिको अग्रसरता
काठमाडौँ, २ चैत्र २०७८ राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले समाजमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा उन्मुलन गर्न कानुनको प्रभावकारी कार्यान्वयनका साथै सामाजिक सचेतना बढाउन सबै सरोकारवाला पक्षले बलियो सहकार्य गर्नुपर्ने कुरा औँल्याउनु भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा विभिन्न राष्ट्रिय राजनीतिक दलसँग आबद्ध सांसदहरू‚ राष्ट्रिय महिला आयोगका पदाधिकारी‚ कानुनविद‚ समाजशास्त्री‚ मनोविश्लेषक‚ सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा र बलात्कार जस्ता अपराधको रोकथाम र न्यूनीकरण गर्न राज्यका निकायहरूले समाजसँग प्रत्यक्ष हातेमालो गर्दै अगाडि बढ्नु पर्ने विषयमा जोड दिनुभयो । ‘आपरधिक घटनाहरूका ’boutमा सुन्दा र पढ्दा स्तब्ध हुने अवस्था छ’‚ राष्ट्रपतिले भन्नुभयो‚ Read More …