संयुक्त राष्ट्रसंघका महासचिव H.E. Mr. António Guterres बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राष्ट्रसंघका महासचिव H.E. Mr. António Guterres ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउँदै संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्‍याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो । २०८० साल कात्तिक १२ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

टीका प्रसाद प्रदान गर्नु भएको तस्बीरहरू सम्बन्धी विज्ञप्ति

प्रेस विज्ञप्ति बडादशैं, २०८० को अवसरमा विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा विभिन्न महानुभावहरूलाई टीका प्रसाद प्रदान गर्नु भएको तस्बीरहरू कार्यालयको वेबसाइटमा राखिएको र उक्त तस्बीर वेबसाइटबाट डाउलोडसमेत गर्न सकिने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ । फोटो ग्यालरी लिङ्क २०८० साल कात्तिक ८ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विजया दशमी, २०८० को अवसरमा दिनुभएको सन्देश

विजया दशमी,२०८० को शुभकामना सन्देश नेपालीहरूको महान् चाड विजया दशमी, २०८० को शुभ अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु। अशान्त हुन थालेको विश्वमा विजया दशमीले शान्ति ल्याऊन् साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु। जय नेपाल। २०८० कात्तिक ७ गते मङ्गलबार।

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बडा दशैं, २०८० को अवसरमा दिनुभएको सन्देश

बडा दसैँ, २०८० को शुभकामना सन्देश नेपालीहरूको महान् चाड बडा दसैँ, २०८० को शुभ अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । शक्तिको प्रतीकका रूपमा मनाइने बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि सप्तमी, अष्टमी र नवमीसम्म निरन्तर शक्तिरूपी नवदुर्गा भवानीको पूजा आराधना गर्दै दशमीका दिन भवानीको प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्न तथा पूर्णिमासम्म विशेष रुपमा मनाउने गरिन्छ । विजया दशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक Read More …

टीका प्रसाद प्रदान हुने कार्यक्रम सम्बन्धी प्रेस नोट

प्रेस नोट बडादशैं, २०८० को अवसरमा मिति २०८० कात्तिक ७ गते मङ्‌गलबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा देहाय बमोजिमको समय तालिका अनुसार टीका प्रसाद प्रदान गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । देहाय क्र.सं. विवरण समय १ इच्छुक सम्माननीयज्यूहरू, माननीय उपप्रधानमन्त्रीज्यूहरू तथा माननीय मन्त्रीज्यूहरू, माननीय प्रदेश प्रमुखज्यूहरू, माननीय न्यायाधीशज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरू अपरान्ह २:०० बजे देखि ३:०० बजे सम्म २ इच्छुक सर्वसाधारणहरू अपरान्ह ३:०० बजे देखि ५:०० बजे सम्म पोशाक: मर्यादित प्रवेशद्वार: प्रवेशद्वार नं. Read More …

आयोगहरूको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका माननीय अध्यक्षहरू क्रमश: श्री समिम मियाँ अन्सारी, श्री राम बहादुर थापामगर र श्री विष्णुप्रसाद चौधरीले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल असोज २९ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Mr. Chen Song ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका बिषयमा कुराकानी भयो । २०८० साल असोज २८ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगका माननीय अध्यक्षहरू क्रमश: डा. विजय कुमार दत्त, श्री कमला पराजुली र डा. राम कृष्ण तिमल्सेनाले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल असोज २६ गते शुक्रबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीज्यूले लोक सेवा आयोगको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यू समक्ष आज नै भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरज्यूले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।   २०८० साल असोज २५ गते बिहीबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीरामचन्द्र पौडेलज्यूले जितिया पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

जितिया पर्व, २०८० को शुभकामना सन्देश जितिया पर्व, २०८० को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेशी समुदायका महिलाहरूद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुख-शान्तिका लागि भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै  उत्साहका साथ  मनाइने पर्व हो ।  यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेशी महिलाहरू कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन  र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक Read More …