संयुक्त राष्ट्रसंघका महासचिव H.E. Mr. António Guterres बाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राष्ट्रसंघका महासचिव H.E. Mr. António Guterres ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउँदै संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्‍याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।

२०८० साल कात्तिक १२ गते आइतबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता