सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हरितालिका (तीज), २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश
हरितालिका (तीज), २०७९ को शुभकामना सन्देश नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तीज)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्त्व रही आएको पाइन्छ । परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ । नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न समेत अवसर निर्माण गर्दै आएको छ । तसर्थ, तीज पर्वलाई महिला जागरणको Read More …