राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. राजदूत मुलुक
१. श्री निर्मलराज काफ्ले गणतन्त्र ब्राजिल
२. प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) गणतन्त्र कोरिया

२०७९ साल भदौ ५ गते आइतबार

(सागर आचार्य)

प्रवक्ता