सम्माननीय राष्ट्रपतिज्यूसमक्ष BIMSTEC का महासचिव H.E. M. Shahidul Islam बाट शिष्टाचार भेट

आज मिति २०७५ साल जेठ १६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका सात सदस्य राष्ट्रहरुको संगठन BIMSTEC का महासचिव H.E. M. Shahidul Islam ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा विमस्टेक प्रकृयालाई प्रभावकारी बनाई सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यूबाट सजाय माफी

आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

गणतन्त्र दिवस, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

आज जेठ १५, एघारौँ गणतन्त्र दिवस । नेपाली जनताद्वारा विगतमा संचालित गौरवपूर्ण आन्दोलनको परिणामस्वरुप स्थापित गणतन्त्रले एक दशक पूरा गरेको छ । एघारौँ गणतन्त्र दिवसको सुखद अवसरमा ज्ञात अज्ञात अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु । आजको यस ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । ऐतिहासिक राजनीतिक परिवर्तनलाई संवैधानिकरुपले संस्थागत गर्दै मुलुकमा संक्रमणकाल समाप्त भएको हो । आम जनताको उत्साहपूर्ण सहभागितामा स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि Read More …

सम्माननीय राष्ट्रपतिज्यू एघारौं गणतन्त्र दिवस, २०७५ का अवसरमा आयोजित जलपान समारोहमा सरीक

आज मिति २०७५ साल जेठ १४ गते सोमबार एघारौं गणतन्त्र दिवस, २०७५ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रपतिको कार्यालयमा जलपान समारोह सम्पन्न भयो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरु, प्रतिनिधि सभाका विपक्षीदलका नेताज्यू, पूर्व उपराष्ट्रपतिज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरुलगायत नेपालको राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक, साँस्कृतिक लगायत राष्ट्रिय जीवनका विविध क्षेत्रमा ख्यातिप्राप्त गर्नु भएका लब्ध प्रतिष्ठित विशिष्ट महानुभावहरु समेतको उपस्थिति रहेको थियो । उक्त समारोहमा आमन्त्रित सम्पूर्ण अतिथिहरुलाई राष्ट्रपतिको कार्यालयका सचिव श्री विनोद के सी ले स्वागत गर्नु भएको थियो ।   (छविन्द्र पराजुली) Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल बैशाख ३१ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगका अध्यक्ष तथा सम्माननीय कामय मुकायम प्रधान न्यायधीश श्री दीपकराज जोशीज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम न्याय परिषद् तथा न्याय सेवा आयोगको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश भयो । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा माननीय परराष्ट्र मन्त्री श्री प्रदीप कुमार ज्ञवाली, नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।    (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA बाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २७ गते विहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA ले विदाई भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित जापानी राजदूतावासका अधिकारीको उपस्थिति थियो ।    (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २७ गते विहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Mr. Masashi OGAWA ले विदाई भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित जापानी राजदूतावासका अधिकारीको उपस्थिति थियो । २०७५ साल बैशाख २७ गते विहीबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित बेलायती महामहिम राजदूत समेतको उपस्थिति थियो ।  (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष British Group Inter-Parliamentary Union (BGIPU) का प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

आज मिति २०७५ साल बैशाख २४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बेलायतको British Group Inter-Parliamentary Union (BGIPU) का Mr. Nigel Evans MP नेतृत्वको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित बेलायती महामहिम राजदूत समेतको उपस्थिति थियो । २०७५ साल बैशाख २४ गते सोमबार (छविन्द्र पराजुली) प्रवक्ता