सम्माननीय राष्ट्रपतिज्यूसमक्ष BIMSTEC का महासचिव H.E. M. Shahidul Islam बाट शिष्टाचार भेट

आज मिति २०७५ साल जेठ १६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका सात सदस्य राष्ट्रहरुको संगठन BIMSTEC का महासचिव H.E. M. Shahidul Islam ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा विमस्टेक प्रकृयालाई प्रभावकारी बनाई सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता