संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना अन्तर्गत US Indo-Pacific Command का  Commander  बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना अन्तर्गत US Indo-Pacific Command का  Commander  Admiral John C. Aquilino ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र संयुक्त राज्य अमेरिका बीच कूटनैतिक सम्बन्ध स्थापना भए पश्‍चात दुई देश बीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकोमा खुशी व्यक्त गर्दै विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्र संघको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकको रूपमा रहेको कुराले गौरवान्वित भएको बताउनु भयो। २०८० साल फागुन १४ गते सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष, पूर्वराष्ट्रपति डा. रामवरण यादवज्यू, प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्रजी, योगप्रसादजीलगायत पुरस्कृत व्यक्तित्वहरू, अन्य विशिष्ट महानुभावहरू ! २००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनर्स्थापनाका आन्दोलनहरूमा अग्रपङ्क्तिमा रहेर सदैव सक्रिय रहनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धीवादी नेता हुनुहुन्थ्यो । आज निधिजीको स्मृति दिवसका दिन म उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु । नेपाली काङ्ग्रेसको आह्वानमा भएको २००७ सालको क्रान्तिताका महोत्तरी क्षेत्रमा विद्रोहस्वरूप गठन भएको सरकारको उहाँलाई प्रधानमन्त्री घोषणा गरिएकोबाट बुझ्न सकिन्छ निधिजीको त्यसबेलादेखि कै योगदान । त्यतिबेलै योगप्रसाद उपाध्यायलाई मुख्य सचिव घोषणा गरिएको थियो । निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिको निरन्तर सङ्घर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले अछाम वैद्यनाथधाम कोटिहोम महायज्ञसहितको महाकुम्भ मेलामा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू, माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, माननीय सङ्घीय सांसदज्यूहरू, माननीय प्रदेश सांसदज्यूहरू, उपस्थित महिला तथा सज्जनवृन्द ! नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण सुदूरपश्चिम प्रदेशको अछाम साँफेबगरमा रहेको वैद्यनाथ क्षेत्रमा आयोजना गरिएको विराट् वैद्यनाथ कोटिहोममा सहभागी हुन पाउँदा मलाई निकै खुसी लागेको छ । ६/६ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२/१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ आयोजित यस कार्यक्रम सफलताका लागि शुभकामना व्यक्त गर्दछु । यसबाट वैदिक सनातन धर्म-संस्कृतिको संरक्षण, लोकसंस्कृतिको प्रदर्शन, वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरी आयुर्वेद मावि बनाउने र यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको विकास Read More …

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका सम्माननीय अध्यक्ष श्री विश्वम्भरप्रसाद श्रेष्ठज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०८० साल फागुन ९ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को शुभकामना सन्देश राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।  प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दछु । वि.सं. २००७ सालको क्रान्ति सफल भएर निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौं । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, माननीय वन तथा वातावरणमन्त्रीज्यू, सर्वाेच्च अदालतका माननीय न्यायाधीशज्यूहरू, महिला तथा सज्जनवृन्द ! सर्वप्रथम म “वन्यजन्तु संरक्षण र वातावरणीय न्याय” विषयक गोष्ठी संयुक्त रूपमा आयोजना गर्नुभएकोमा आयोजकहरूको सराहना गर्दछु । प्रकृतिको अनुपम जैविक सृष्टिका रूपमा हामीले प्राणी तथा वनस्पति जगत्लाई लिने गर्दछौँ । यसले पृथ्वीलाई जीवन्तता प्रदान गरेको छ । यसलाई सुन्दर सृष्टिको रसास्वादन गर्ने मानवीय आँखाबाट हेर्नेमात्र होइन यसमा मानवीय विवेक, रचनात्मक गुण र क्षमताका माध्यमबाट सकारात्मक योगदान दिन सक्नुपर्छ भन्ने मेरो मान्यता छ । नेपालले प्रकृति संरक्षणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस क्षेत्रबाट देशको बृहत् आर्थिक विकासमा उल्लेखनीय टेवा पुर्‍याउने सम्भावना पनि Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८० कृषि महोत्सवमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू, उपस्थित महिला तथा सज्जनवृन्द ! यस बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८० को समुद्घाटन समारोहमा उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ । कृषकहरूको उत्पादन, कृषिका लागि आवश्यक औजार, बिउबिजन, प्रविधि आदिको प्रदर्शनीसहित नवीनतम् प्रविधिसम्बन्धी अन्तरक्रिया तथा प्राविधिक बहससहित आयोजना गरिएको यस महोत्सवको सर्वप्रथम म सफलताको कामना गर्दछु । काभ्रेपलाञ्चोक जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो । कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा यस महोत्सवले महत्त्वपूर्ण योगदान दिने मैले विश्वास लिएको छु । Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० मा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू, विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायका गुरुजनहरू, महिला तथा सज्जनवृन्द ! विद्याकी देवी सरस्वतीको आराधना गर्ने यस पवित्र दिनमा म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक सहिष्णुता र विविधताभित्र एकताको सन्देश दिन यस जिल्लाको सबैभन्दा जेठो तथा उच्च शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको यस बहुधार्मिक महाअनुष्ठानमा सहभागी हुन किराँतहरूका महागुरु, १६ औँ राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्दको तपोभूमि, समाधिस्थल एवम् वैदिक दर्शनका ज्ञाता स्वामी प्रपन्नाचार्यको भूमि पाँचथरमा आएर तपाईँहरूबीच उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ । सबै धर्म-संस्कृतिका मानिसहरूलाई एकै ठाउँमा जोड्ने पवित्र उद्देश्य राखेर यस्तो पुनीत कार्य गरेकोमा क्याम्पस परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८०को अवसरमा दिनुभएको शुभकामना सन्देश

वसन्त पञ्चमी तथा सरस्वती पूजा,२०८० को शुभकामना सन्देश विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी  तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहनु भएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सरस्वतीलाई शिक्षा,ज्ञान र संगीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा  आफ्ना बालबालिकाहरूलाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ । संगीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिदैँ आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेहरूले र लगनको साइत जुराउनु पर्ने शुभ कार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने Read More …

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल माघ २९ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता