संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना अन्तर्गत US Indo-Pacific Command का  Commander  बाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना अन्तर्गत US Indo-Pacific Command का  Commander  Admiral John C. Aquilino ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र संयुक्त राज्य अमेरिका बीच कूटनैतिक सम्बन्ध स्थापना भए पश्‍चात दुई देश बीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकोमा खुशी व्यक्त गर्दै विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्र संघको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकको रूपमा रहेको कुराले गौरवान्वित भएको बताउनु भयो।

२०८० साल फागुन १४ गते सोमबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता