सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय बाघ दिवस, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

आज जुलाई २९ तारिखलाई विश्व बाघ दिवसका रूपमा “बाघको अस्तित्वः मानवको दायित्व” भन्ने मूल संकल्पका साथ विश्वभरि मनाइँदै छ । नेपालमा पनि हामीले केन्द्रीय र स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी विश्व बाघ दिवस मनाउँदैछौं । यस अवसरमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनर्उत्थान गर्न ठूलो चुनौती खडा भएको छ । यसै यथार्थलाई ध्यानमा राख्दै सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित बाघ पाइने १३ राष्ट्रका सरकार प्रमुखको सहभागितामा सम्पन्न विश्व बाघ सम्मेलनको अवसरमा बाघ संरक्षणका लागि विभिन्न मुलुकले आ–आफ्नो Read More …

प्रदेश प्रमुखज्यूहरूको पद तथा गोपनीयताको शपथ ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त माननीय प्रदेश प्रमुखज्यूहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । क्र.सं. प्रदेश प्रमुखज्यूहरूको नाम, थर प्रदेशको नाम १. श्री पृथ्वीमान गुरूङ गण्डकी प्रदेश २. श्री अमिक शेरचन लुम्बिनी प्रदेश (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सिन्धुलीगढी युद्ध संग्रहालय समुद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

नेपाली वीरताको ऐतिहासिक गाथा बोकेको सिन्धुलीगढीमा ‘सिन्धुलीगढी युद्ध सङ्ग्रहालय’ निर्माण भएकोमा खुसी व्यक्त गर्दै यस सङ्ग्रहालयको स्थापना र व्यवस्थापनमा सम्बद्ध सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दछु । आजको यस महत्त्वपूर्ण अवसरमा नेपालको एकीकरण अभियान, देशको अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका निम्ति अमूल्य जीवन उत्सर्ग गर्ने महान् वीर विराङ्गनाप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्दछु । साथै आज यस ऐतिहासिक वीरभूमिमा यो महत्त्वपूर्ण सङ्ग्रहालयको उद्घाटन गरिरहँदा बाढि, पहिरो, नदीकटान, भू–क्षयजस्ता प्रकोपबाट देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । करिब अढाई सय वर्ष अगाडि नेपाल आक्रमण गर्न Read More …

प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको बैठकको निर्णय एवं सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम तपसिल बमोजिमका महानुभावहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । क्र.सं. नाम, थर प्रदेशको नाम १. श्री पृथ्वीमान गुरूङ, चितवन गण्डकी प्रदेश २. श्री अमिक शेरचन, चितवन लुम्विनी प्रदेश (केशव प्रसाद घिमिरे) सहायकप्रवक्ता

प्रदेश प्रमुखहरूलाई पदमुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको बैठकको निर्णय एवं सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।   क्र.सं. नाम, थर प्रदेशको नाम १. श्री सीताकुमारी पौडेल गण्डकी प्रदेश २. श्री धर्मनाथ यादव लुम्विनी प्रदेश (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

राज्यमन्त्री पदमा नियुक्त गरी कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्‍य तथा जनसङ्‍ख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूसँगै रहने गरी माननीय श्री उमेश श्रेष्ठज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्‍य तथा जनसङ्‍ख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले इद उल अज्हा (बकर इद) पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

इद उल अज्हा (बकर इद) पर्व, २०७८ को शुभकामना सन्देश मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्‍भाव तथा शुभकामना आदान प्रदान गरी मनाउने गरिन्छ । यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्‌भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुन्छ । Read More …

अध्यादेश खारेज

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको मिति २०७८/४/३ मा प्राप्त पत्रानुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/२ को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ । मितिः २०७८/४/३ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

कार्यालयको ध्यानाकर्षण

नवनियुक्त माननीय महान्यायाधिवक्ताको शपथ ग्रहण राष्ट्रपतिको कार्यालयमा नभएको भनी विभिन्न सञ्‍चार माध्यममा प्रकाशित/प्रसारित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएकोछ। महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को परिच्छेद  ५ को दफा २१ मा महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि सम्माननीय प्रधान न्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ गर्नु पर्ने व्यवस्था रहेकोछ । विगतमा महान्यायाधिवक्ता लगायत संवैधानिक अङ्गका पदाधिकारीहरूको शपथ ग्रहण सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुँदै आएकोमा कोभिड-१९ विश्वव्यापी महामारीको अवस्थासमेतलाई मध्यनजर गरी यस कार्यालयबाट सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमा बाहेक सम्माननीय प्रधान न्यायाधीशज्यूबाट शपथ ग्रहण गराउने पदाधिकारीको शपथ ग्रहण श्री सर्वोच्च अदालतबाटै आयोजना हुने व्यवस्थाको लागि मिति २०७८/१/५ Read More …

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालका लागि फ्रान्सका महामहिम राजदूतबाट शिष्टाचार बिदाई भेट 

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि फ्रान्सका महामहिम राजदूत H.E. Mr. Francois- Xavier Leger ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता