प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको बैठकको निर्णय एवं सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम तपसिल बमोजिमका महानुभावहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

क्र.सं. नाम, थर प्रदेशको नाम
१. श्री पृथ्वीमान गुरूङ, चितवन गण्डकी प्रदेश
२. श्री अमिक शेरचन, चितवन लुम्विनी प्रदेश

(केशव प्रसाद घिमिरे)

सहायकप्रवक्ता